– रामसुन्दर आचार्य
स्रोत-दैनिक नेपाल>>>तातोपानी, १५ असोज । लामो प्रयासपछि अन्ततः चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ ।
भूकम्पपछिको पहिरोका कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका शुक्रबारबाट सञ्चालनमा आएको हो । सिन्धुपाल्चोकको बाह्बिसेदेखि मितेरी पुल सम्मको २९ किलोमिटर लामो कोदारी सडकमा रहेको करिब ८० प्रतिशत पहिरो हटाइएपछि नाका खुलेको हो ।
नाका खुलेपछि बाह्बिसेदेखि मितेरी पुलसम्मको यातायात सूचारु भएको छ । डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर रामहरी पोखरेलले उक्त सडकमा हाल ठूला गाडि एकतर्फी चल्ने र साना गाडी दुईतर्फी नै चल्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार मालवाहक सवारी साधन भने एकहप्तापछि दुईतर्फी नै सञ्चालनमा आउने छन् । तातोपानी भन्सार कार्यालयका अनुसार भारतको अघोषित नाकाबन्दीलाई मध्यनजर गर्दै चीनले चाँडो भन्दा चाँडो अत्यावश्यक सामग्री ढुवानी गर्ने जनाएको छ । नाका खुलेपछि मालबाहक चिनियाँ सवारीहरु तयारी अवस्था रहेको बुझिएको छ ।
भन्सार कार्यालयका अनुसार शनिबार विहानैदेखि चीनले मालबाहक सवारी नेपाल पठाउने जानकारी गराएको छ । तातोपानी नाका उत्तरी छिमेकी मुलुक चीनसँग व्यापारिक कारोवार हुने ठूलो नाका हो ।

No comments:
Post a Comment