असोज २२/ झापाको शरणामती–४ स्थित भृकुटी निमाविमा कम्प्यूटर मार्फत पठनपाठन सञ्चालन हुन थालेको छ । सुचना प्रविधिमा आएको परिवर्तन अनुसार नै विद्यालयले आफना विद्यार्थीहरुलाई इलोक्ट्रोनिक माध्यमबाट शिक्षा दिन थालेका हुन् । जिल्ला शिक्षा कार्यालय झापालेस्मार्ट बोर्ड प्रदान गरेपछि विद्यार्थीहरुले गाउँमै विद्युतीय माध्यमबाट अध्ययन गर्न पाएका हुन् ।विद्यालयका प्रधानाध्यापक मदनकुमार भण्डारीले स्मार्टबोर्ड सहित ३ वटा कम्प्युटर प्राप्त भएपछि केही दिन अघिदेखि इलोक्ट्रोनिक माध्यमबाट अध्यापन सुरुगरिएको बताए । उनले भने,–‘ विद्यालयको शैक्षिक गुणस्तर वृद्धिगर्न आधुनिक प्रविधिबाटसिकाई शुरु गर्न थालेका छौ ।’ विद्यालयले चालु शैक्षिक सत्रबाट शुरु गरेको कम्प्यूटर विषयकोपठनपाठन सञ्चालन गरिआएको छ । चक,डस्टरवाटपढाई हुदै आएको परम्परागत सिकाई कार्यलाई निरुत्साहित गर्न विद्यालयमा नौलो प्रयोगवाट शिक्षण गरिनेविधि शुरुवात गरिएको सो विद्यालयका पूर्व अध्यक्ष काजी राउत वताँउछन् ।शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय मार्फतआदिबासी तथा सीमान्तकृतसमुदायको बाहुल्य रहेकोसो विद्यालयलाई प्रविधिमा सो समुदायका विद्यार्थीको पहुँच विकसित गर्न ती सामग्री प्रदान गरेको हो । २०२६ सालमा समुदायकै पहलमा स्थापना भएको सो विद्यालयमा पाँच सयभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने गरेका छन् । त्यहाँ निमावि तहको पढाइ पूरा गरेपछि अन्यत्र जानुपर्ने बाँध्यता रहि आएको छ । प्रधानाध्यापक भण्डारीले मावि तहको स्वीकृतिका लागि विद्यालयले पहल थालेको बताउछन्।
Thursday, 8 October 2015
झापामा विद्युतीय प्रणालीवाट शिक्षण

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment