काठमाडौं, भदौ २२ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कैलालीको मसूरियामा सोमबार सम्पन्न थारूको सभाको सन्दर्भ उल्लेख गर्दै परासीदेखि कैलालीसम्म थारु समुदाय र २ नम्बरमा सुनसरी मोरङमा राखेर थारु मधेस आन्दोलनलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।
आफ्नो फेसबुक वालमा मसूरिया थारु सभाको फोटा सहित भट्टराईले उनीहरुको माग पुरा नगेर परिणाम भयंकर हुने आंकलन समेत गरेका छन् । कैलाली घट्ना उचालेको आरोप खेपिरहेको भट्टराईले संविधानको विधेयक परिर्माजनमा सहमति जनाए पनि आफ्नो फरक मत फेसबुकबाट सार्वजनिक गरेका छन् ।
‘एउटै झिल्कोले डढेलो लगाउन सक्छ ।’ भन्ने प्रसिद्ध लोकोक्ति छ । सानो वा कमजोर भनेर हेपियो भने त्यसको परिणाम भयंकर हुनसक्छ भन्ने त्यसको आशय हो’, भट्टराईले भनेका छन् ।

भट्टराईले भनेका छन– ‘अहिले विशेषत–तराई-मधेसमा थारु र मधेसी समुदायको आन्दोलन जुन ढंगले सल्कदै गैरहेकोछ त्यसलाई वेलैमा सम्वोधन गरिएन र यो वा उ वहानामा हेप्ने वा चेप्ने काम गरियो भने त्यो भोलि देशको अखण्डताकैनिम्ति जोखिमपूर्ण हुनसक्छ ।’
देशको सम्भवत : सबभन्दा ठूलो उत्पीडित जातिरसमुदाय र मेचीदेखि महाकालीसम्म युगौंदेखि राष्ट्रियताको पहरेदार रहँदै आएका थारूहरुका आवाज वेलैमा सुनिएन भने त्यो ठूलो विष्फोटक बारुद बन्नसक्ने आकंलन समेत भट्टराईले गरेका छन् ।
‘परासीदेखि कैलालीसम्मको उनीहरु अनुकुलको संघीय प्रदेश निर्माण गरेर उनीहरुलाई राष्ट्रिय मूलप्रवाहमा राख्न सकिन्छ भने त्यसमा कुनै नेता विशेषको अहम् वा चुनावी स्वार्थ वाधक बन्नुहुँदैन’, भट्टराईले भनेका छन– ‘सुनसरी÷मोरंगका केही भाग २ नं प्रदेशमा राखेर मधेसी समुदायलाई सन्तुष्ट गर्न सकिन्छ भने त्यो देशको दीर्घकालीन हितमा हुनेछ ।’
उनले भनेका छन्– ‘अझै पनि समय बाँकी छ । वलप्रयोग हैन संवाद र सहमतिको बाटो खोजौं । नत्र भोलि धेरै ढिलो हुनसक्छ ।’एभरेष्ट दैनिकमा छापिएको छ।

No comments:
Post a Comment