Friday, 28 August 2015

लालबाबुले छोडेनन् एसएस्पी मार्न आदेश दिने ईन्जिनियरलाई Read more>>>

स्रोत-कान्तिपुर दैनिक>>> काठमाडौँ, ११ भदौ ।
सामान्य प्रशासन मन्त्रालयले कानुनविपरीत
राजनीतिक आन्दोलनमा सरिक हुँदै आएका सडक
डिभिजन कार्यालय, बुटवलका सरकारी कर्मचारी
(इन्जिनियर) धनीराम चौधरीलाई कारबाही गर्न
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई
निर्देशन दिएको छ ।
निजामती प्रशासनको नियामक मन्त्रालय
सामान्यले निजामती सेवा ऐनविपरीत चौधरी थारू
कल्याणकारी सभाको अध्यक्ष भई थरुहट प्रदेशको माग
गर्दै सरकारविरोधी आन्दोलनमा उत्रेको पाइएको
उल्लेख गर्दै कारबाहीका लागि भौतिक पूर्वाधार
मन्त्रालयलाई लिखित निर्देशन दिएको छ ।
करिब एक वर्षअघि थारू कल्याणकारी सभाको
अध्यक्ष भएका चौधरी बहाल रहेको हाल सडक
डिभिजन कार्यालय बुटवलमा साउन २९ देखि भदौ २४
सम्मका लागि बिदा लिएर आन्दोलनमा लागेका हुन्
। उनी थारू सभासदहरूको मोर्चासहित ४ संगठनको
संयुक्त आन्दोलन परिचालन समितिका संयोजक पनि
हुन् । ‘इन्जिनियर चौधरी निजामती ऐनविपरीत
आन्दोलनको नेतृत्व गरिरहेको कुरा आएको छ ।
उनी सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर
हुन् कि होइनन् । हुन् भने निजामती ऐनअनुसार
स्पष्टीकरण लिएर कारबाही गर्न सामान्यले भौतिक
पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको
छ,’ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने ।

2 comments:

  1. good job ! govrnment job holder how can go against government ?

    ReplyDelete
  2. good job ! govrnment job holder how can go against government ?

    ReplyDelete