स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २८ भदौ । १ महिना लामो बन्द हुदा पनि “अहिले नभए, कहिल्यै नहुने” भन्दै मधेशी मोर्चाले आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ ।
१ महिने लामो आन्दोलनको समिक्षा र आगामी दिनमा आन्दोलनलाई कसरी लैजाने भन्नेमा अहिले मोर्चाका नेताहरु बिभिन्न स्थानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले अहिलेको आन्दोलन निर्णायक भएको हुँदा बिचमा खुट्टा नकमाउन आग्रह गरेका छन । यसैबीच संघिय मधेशी मोर्चाले क्षेत्र नं. १ ले धकधईमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले “मधेश अलग देश नभई मधेश प्रदेश” माग गरेको हुँदा आफूहरुको माग पुरा हुने दावी गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मधेशीहरु बिभिन्न मोर्चा गठन गरि अलग अलग जानु भन्दा भन्दा पनि एक भएर गए सिघ्र लक्ष्य प्राप्ती हुने मोर्चाहरुलाई सुझाएका छन । नेकपा एमालेका नेता ताहिर अलीले अहिले नेकपा एमाले भित्रका मधेशीहरु पनि आन्दोलनलाई गम्भिरताका साथ लिन पार्टी पंक्तिलाई दबाव दिई रहेको जानकारी गराए । मधेशीहरुको मागलाई बेवास्ता गरि संविधान ल्याए देशमा अशान्ती फैलिने भएकोले माग सम्बोधन गर्न दबाव दिईने बताए ।
कार्यक्रममा बोलने वक्ताहरुले आन्दोलन रुपन्देहीको ग्रामीण भेगमा मात्र केन्द्रित भई ग्रामीण भेगका मधेशीहरु मात्र आन्दोलनले प्रभावित भएकोमा गुनासो गरे । ग्रामीण भेगमा रहेको बिद्यालय बन्द हुनु र भैरहवा आसपासका बिद्यालय सञ्चालन भै रहेको कारण आफ्ना बालबच्चाहरुको अध्ययन प्रभावित भएकोमा अभिभावकहरुले चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका संयोजक महेन्द्र यादवले सरकारले वार्ताको वातावरण बिगारेर देशमा द्धन्द्ध निम्ताउन खोजेको आरोप लगाए । उनले अहिले मधेशी दलका शिर्ष नेताहरु वार्ताको लागी गए पनि वार्ताको दौरान आन्दोलन नरोकिने बताए । आन्दोलनको अर्को चरण स्वरुप मधेशमा रहेका बिभिन्न कार्यालयहरुमा मधेश सरकार लेख्न कार्यकर्ताहरुलाई निर्देशन दिए अनुरुप अहिले मधेश सरकार लेख्न शुरु गरि सकिएको दावी गरे ।
क्षेत्र नं. १ अन्र्तगत रहेको धकधईमा राजनैतिक दल, प्रहरी, आन्दोलनरत पक्ष समेटिएको कार्यक्रम लामो समय पछि आयोजना भएको हो । संविधानको मस्यौदा माथी सुझाव संकलनको क्रममा भएको विवाद पछि यस क्षेत्रमा राजनैतिक कटुता बढदै गएको छ । अन्तरक्रिया कार्यक्रममा निमन्त्रण दिईए पनि नेपाली कांग्रेस र एनेकपा माओवादीको प्रतिनिधित्व नभएको जय प्रकाश यादवले बताए ।

No comments:
Post a Comment