Saturday, 12 September 2015

आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ ! Read more>>>

काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता
स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २६ भदौ । जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने भएको छ ।
सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको अभियोगमा शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने सम्भावना बढेको छ । संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य शेर्पालाई सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेको भन्दै प्रहरीले १० दिन अगाडि १६ भदौमा काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीबिरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग पत्र दर्ता गरेको छ । सामाजिक सद्भाव भड्काउने अभियोगमा अदालतबाट दोषी ठहर भए शेर्पालाई विद्युतीय कारोबार ऐन अन्तर्गत पाँच वर्ष जेल सजायँ र एक लाख रुपैयाँ जरिवाना हुनेछ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शेर्पालाई म्याद थपेर अहिले हिरासतमा राखेको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अदालतको फैसलापछि शेर्पालाई जेल चलान गर्ने कि धरौटीमा छाड्ने कुराको टुङ्गो लाग्ने बताए ।
शेर्पाविरुद्ध दायर भएको अभियोगमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतले बहस थाल्ने अधिवक्ता श्री बुढाथोकीले जानकारी दिए ।
कैलालीको टीकापुरमा प्रहरीका एसएसपीसहित मारिने गरी भएको हिंसात्मक घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेपछि प्रहरीले दुई साता अगाडि पक्राउ गरेको थियो ।

No comments:

Post a Comment