Sunday, 30 August 2015

डीभी पीआर विरोधी अभियानको विरोध गर्नेहरु नेपाली हुन सक्दैन : मन्त्री

नेपालले २३ ओभरमा नै ७ विकेट झारेपछि दबाबमा मलेसीया

बाबुरामले भने–डाक्टर केसीका माग जायज Read more>>>

दिवंगत एसएसपी न्यौपानेको घरमा बाबुराम Read more>>>

आजको राशिफल वि.स. २०७२ भाद्र १४ गते सोमबार Read more>>>

टीकापुरमा प्रहरी हत्या वर्षामान र जनार्दनको योजनामा - See more>>>

Saturday, 29 August 2015

आज को राशिफल Read more>>>

ज्यान ठूलो हो तिम्रा सरलाई सम्जाइदेऊः प्रधानमन्त्री

गृह मन्त्रालयको ठाडो प्रस्तावमा व्यक्तिलाई बाँडियो लाखौँ रुपैयाँ - See more>>>

आफुले बनाएको नमुना बस्ती देखाउँदै यस्तो सल्लाह दिए धुर्मुस र सुन्तलीले

३ महिनादेखि मलेसियामा अपरहणमा परेका खड्का अझै सम्पर्क विहिन

मलेसियामा सरकार विरोधी आन्दोलन Read more>>>

कुवेत जाने नेपाली कामदार घटे, साउदीमा बढे...Read more>>>

नेपाललाई २२ वर्षपछि उपाधि, भारत स्तब्ध...Read more>>>

Friday, 28 August 2015

घैटे र चरी मारिँदा सहिद घोषणा माग्ने सभासद निर्दोश प्रहरी मारिँदा किन मौन? Read more>>>

मलेसियामा नेपाली चेलीले आत्महत्या गरिन् Read more>>>

नेपालका १३ वर्षीय जोतिनलाई रोनाल्डोको उपहार दिए Read more>>>

संविधान घोषणा नभएसम्म सिके राउत घरमै नजरबन्द Read more>>>


स्रोत-khabardabali.com>>> काठमाडौं । मधेसलाई नेपालबाट टुक्राएर अलग्गै राज्य बनाउने अभियान चलाइ रहेका सिके राउतलाई सरकारले संविधान घोषणा नभएसम्म उनकै घरमा नजरबन्दमा राख्ने भएको छ । राज्यद्रोहको मुद्धामा बैशाख १० गते सर्वोच्चबाट सफाई पाएका राउतलाई सुरक्षा संबेदनशिलताका कारण नजरबन्दमा राखिएको उच्च सुरक्षा स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । राउतले खबरडबलीसँग कुरा गर्दै भने– ‘मैले सर्वोच्चबाट बैशाख १० मा सफाई पाएर आए लगत्तै केही समय कडा निगरानीमा थिए तर भूकम्पपछि मलाई घरमै नजरबन्द राखिएको छ । यो बीच मलाई बाहिर जिल्लाहरुमा जान रोक लगाईएको छ ।’ गृहसचिव सूर्यप्रसाद सिलवालले राउतलाई नजरबन्दमा नराखिएको तर उनकै सुरक्षालाई मध्यनजर गर्दै सर्तकता अपनाईएको बताए । साथै उनले राज्यविद्रोहको र राज्यको सार्वभौमिकतामा असर पर्ने कुनै पनि गतिविधि गरेमा पक्राउ गर्न सकिने जनाए । राजबिराज ९ स्थित राजदेवी टोलमा आफ्नै घरमा नजरबन्द रहेका उनलाई सरकारले संविधान घोषणा नभएसम्म घरबाट बाहिर जान नदिने योजना सरकारको रहेको सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई घरमा गरिएको नजरबन्द ‘होम अरेस्ट’ मात्र हो ।

लालबाबुले छोडेनन् एसएस्पी मार्न आदेश दिने ईन्जिनियरलाई Read more>>>

टीकापुरमा दुई हवल्दारलाई जलाएर मारेको प्रमाण भेटियो (फोटो फिचरसहित)

टेकबहादुर गुरुङले कोरियामा श्रम सम्झौतामा हस्ताक्षर गरे, फ्री टिकटका लागि आग्रह see mre>>>

Wednesday, 26 August 2015

काठमाडौंमा जनजातिको मार्चपास, थारु आन्दोलनप्रति ऐक्यवद्धता - See more>>>

नाचघरमा जनयुद्धको सम्झना:नेतालाई दुःख सम्झाउने प्रयास>>> Read more at:

सेना परिचालनविरुद्ध सर्वोच्चमा रिट

शान्ता चौधरी भन्छिन् – अबोध थारुहरुलाई अगाडि सारेर देश जलाउन खोजियो

कैलाली घटनाको खबर पाएपछि उपेन्द्र यादवसहित मधेसी नेताको टोली भागेर भारत पुग्यो

कैलाली घटनामा कस्को हात ? को छ पर्दा पछाडि ? Watch Video...


प्रहरीलाई ठूलो सफलता, प्रहरीको हत्यामा संलग्न रामजनम चौधरीसहित दश जना पक्राउ

‘आन्दोलनमा दमन भयोे ’ भन्नेलाई प्रधानमन्त्रीको प्रश्न : तोडफोड भयो भने के गर्ने ?

८ महिनामा मलेसियामा ३०८ जना नेपाली कामदारको मृत्यु

बहसः थारु महिला भन्छिन्– थारु भएर सोच्नुस् अनि थारुलाई गाली गर्नुस्


Tuesday, 25 August 2015

३ सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप

मलेसियामा सेक्युरिटी गार्डमा गएका नेपालीको तलव बढ्ने

बालुवाटारमै भीम रावललाई थारु सभासदले दिए भिड्न आउन चेतावनी

गुहमन्त्रीले भारतीय राजदूतलाई बोलाएर भने 'सिमापारीबाट घुसपैठ नहोस्'

बाबुराम भट्टराईले स्थिति भड्काएःदेउवा

भूईँचालोमा प्रहरीले लगाएको गुन, ज्युँदै आगो लगाएर तिरेछन्

कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप पछि निकै निर्मम शैलीमा ७ जना राष्ट्र सेवक मारिए। कति प्रहरी जवानहरू सम्पर्क बिहिन र घाईते भएको समाचारहरू आएका छन्।
आन्दोलनकारी तर्फ ३ जनाको निधन भएको भनिएपनि पुष्टी भएको छैन। आन्दोलनकारीले दुई वर्षीय बालकलाई समेत गोलीको निशानामा पारेर हत्या गरेका छन्।
यो दुःखद घटना हुन पुग्यो, मानवीय दृष्टिबाट हेर्दा यो एक ‘नरसंहार’ जस्तो भयो। हामीले को आफ्नो, को बिरानो भनेर चिन्न नसक्ने भयौ वा हामीमाथि कुनै त्यस्तो अदृश्य शक्ति खनियो, यसबारे आधिकारिक निकायले स्पष्ट बताउला। तर, राजनीतिक दलको खिचातानी, व्याक्तिगत स्वार्थ र हठका कारण टिकापुरमा जुन कहालीलाग्दो घटना घट्यो। यसले सम्पूर्ण राष्ट्रप्रेमी नेपालीलाई अत्यन्तै दुःखी बनाएको छ।
जनता र जनताको सुरक्षा अंगले सधै रगतको होली खेल्नैपर्ने तर नेताले राष्ट्रको समस्या कहिल्यै हल गर्न नसक्ने अबस्था खेदपूर्ण छ। हिजो जस्तै लाग्छ, यिनै राष्ट्रसेवक प्रहरी जसले भग्नावशेष पन्छाएर खाल्डोबाट जिवित मानिसहरू निकाले, जसले पुरिएका घरबाट स-सना केटाकेटीको शकुशल उद्धार गरे, जसले च्यापिएका पर्खालबाट हजारौ युवा युवतीको ‍ज्यान जोगाए।
कैलालीकै कुरा गरौं, बाढी आउँदा आफ्नो ज्यानको बाजी थापेर स्थानीयलाई बचाउने यीनै नेपाल प्रहरी वा सुरक्षाकर्मीनै हुन्। तर आज तिनै राष्ट्रसेवक प्रहरीलाई दुश्मन सम्झेर जिउँदै जलाउन थालेछन्।
यो नेपाली जनताको कुकार्य थियो वा अरू कुनैको ‘ग्र्याइन्ड डिजाईन’ त्यो त अनुसान्धनको पाटो भयो। तर, नेपालमा पहिलो पटक शान्तिपूर्ण आन्दोलनमा यति धेरै प्रहरीको हत्या भयो, सामूहिक हमला भयो। यसलाई प्रत्येक नेपालीले शंकाको दृष्टिले हेरिरहेका छन्।
सामाजिक सञ्जालमा त संका मात्र नभएर आरोप प्रत्यारोप नै चलिरहेको छ। पक्कै पनि यो नेपाली जनताको राजनीतिक चेतना हुनुपर्छ। सायद भूईँचालो जाँदा प्रहरीले लगाएको अमूल्य गुण तिरेका होलान् वा बाढीमा डुबेका मानिसलाई बोकेर निकाल्ने सिपाहीको योगदानको कदर गरेका होलान्। कयौ मानिसहरू शहादत प्राप्त प्रहरीप्रति भावपूर्ण श्रदान्जलि व्यक्त गरिरहेका देखिन्छन्।
हो, वास्तवमै प्रहरीले लगाएको गुण तिर्ने तरिका ज्यूँदै आगोमा जलाएर होईन। देश अस्तब्यस्त भएको प्रहरीका कारणले पनि होईन, राजनीतिक दलका कारण बलीको बोका जस्तै भएर मर्नुपर्ने यो देशको दुःखी इतिहास जनताले बुझ्न जरूरी छ।
नागरिकको रक्षाका लागि प्रहरी हदैसम्म संयमित थियो भन्ने कुरा हिजोको घटनाबाट प्रष्टै हुन्छ। जथाभावी गोली चलाउँदा आफ्ना सयौ निर्दोष नागरिक मर्छन् भनेर नेपाल प्रहरी सजग भएको देखिन्छ। अन्यथा प्रहरीले गोली चलाएको भए साच्चीकै ठूलो रक्तपात हुन सक्थ्यो। अत्यन्त संयमित वीर सपूतहरुलाई अश्रुपूर्ण श्रद्धाञ्जली व्यक्त गरौं।
ज-जसले विर सपूतहरूलाई आगोमा जलाए, जसले तिनलाई उक्साए, जसले शक्तिको दुरूपयोग गरे, तिनलाई कहिल्यै भलो नहोस्, कामना गरौं। कामना यो पनि गरौ कि अब फेरि यस्तो कहिल्यै नहोस्, हामी सबैले शान्तिसँग जीवनयापन गर्ने भनेर गणतन्त्रमा आएका हौ। काटमार र हत्याको राजनीति नचाहेर नै दललाई विश्वास गरेका हौं।
यति हुदाँ हुदै पनि स्थिति राणा र राजतन्त्रको भन्दा सुधार देखिएन, झन खराब भयो। नेपाली जनताले खराब मध्ये सबैभन्दा खराब पहिचान गर्न सकेको भए बितेका दश वर्ष त्यसै खेर जाने थिएन। हुल दङ्गा, खुलेआम सुरक्षा फौजमाथि आक्रमण भईरहेको छ, यसको जिम्मा दलले लिनुपर्छ।
टिकापुर घटनालाई नियाल्दा-
सोमबार साँझ विविसिमा अन्तर्वार्ता दिँदै थारूवान/ थरूहट संघर्ष समितिको केन्द्रीय संयोजन समितिका संयोजक धनिराम चौधरीले मुख्य रूपमा भनेका थिए-‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भयो। घुसपैठका कारण हतियारधारीले प्रहरीलाई मारे। आन्दोलनको घोषणा गर्नुभन्दा पहिला हामीलाई घुसपैठको शंका थियो। यो घटनालाई इतिहासको कालो घटनाको रूपमा लिएको छु। यो हाम्रो आन्दोलनलाई तुहाउन र हाम्रो माग, मुद्दालाई मत्थर पार्न गरिएको सुनुयोजित षड्यन्त्र गरिएको हो।’
आन्दोलनको संयोजकबाटै यस्तो खुलासा भइसकेपछि टिकापुरमा के भएको थियो भनेर सहजै आँकलन लगाउन सकिन्छ। कुनै योजना वा तयारी बिना सुरक्षा फौजमाथि यति ठूलो हमला वा आक्रमण हुनै सक्दैन।
युद्वको मनिस्थिति बिना यो सम्भव पनि हुँदैन। युद्वको मनिस्थिति स्वभाविक परिस्थितिबाट पनि पैदा हुँदैन र सामान्य जनता युद्धमा होमिनको लागि ठूलो चरणहरु पुरा गर्नुपर्ने हुन्छ।
फलानाले ठोक भन्दैमा प्रहरीमाथि जाईलाग्ने शक्ति वा सामर्थ्य शान्तिपूर्ण भनिएको आन्दोलनमा कहाँबाट प्राप्त भयो भन्ने कुरा गम्भीर छ। राजनीतिक दल वा नेतृत्वको काबुबाट आन्दोलन बाहिर गएको घोषणा सोमबार साँझसम्म कसैले गरेका छैनन्। त्यसैले टिकापुरको अवस्था कस्तो देखियो भने यो आन्दोलन नभएर आक्रमण थियो।
मानौं कि कुनै समूह प्रहरीमाथि आक्रमण गरेर अस्थिरता र संकटको जन्म गराईदिने लामो तयारीमा व्यस्त थियो र यस्तो किसिमको तयारीले लामो चरण पार गरेपछि मात्र टिकापुरमा सफल भएको थियो। सामूहिक रूपमा घरेलु हरियारको परिचालन र प्रयोग हेर्दा यो कुनैपनि कोणबाट आन्दोलन भन्न मिल्दैन। युद्व नै थियो किनकि आन्दोलनकारीहरू स्वःस्फुर्त आक्रमणकारी बन्दैनन्।
शान्तिपूर्ण आन्दोलनको नेपाली इतिहासमा यति ठुलो संङ्ख्यामा प्रहरीको हत्या गरेको यो नै पहिलो पटक हो। जब कि माघ १९ को त्यति ठूलो जन-आन्दोलनमा समेत नागरिकहरु मारिए तर प्रहरी मारिएका थिएनन्।
त्यसैले टिकापुर घटना संयोग मात्र हुन सक्दैन, यो सुनुयोजित रूपमा चालिएको अपराधजन्य कदम हो। सुनुयोजित घटनाकै कारण नेपाल प्रहरी तर्फ ठूलो क्षति भयो र आक्रमणकारी हमला पछि सीमा काटेर भाग्न सफन भए। यसको प्रमाण खोजिरहनु आवश्यक छैन र गौर हत्या काण्डको प्रमाण पनि खोजिरहनु पर्दैन।
मुख्य कुरा टिकापुरका थारू समनुदाय शान्तिपूर्ण आन्दोलनको पक्षमा थिए भने भाला, खुकुरी, चक्कु र तरबार कहाँ बाट आए? भन्ने हो। सहायक कुरा कुन उद्धेश्यले आन्दोलनकारी झोलामा पेट्रोल राखेर आन्दोलित हुन्छ? भारतीय नम्बर प्लेटका मोटर साईकलको बिगबिगी किन थियो? किन थारू मुलका जस्ता देखिने मानिस आन्दोलनको अग्रभागमा कम सहभागि थिए?
प्रहरी जलाउन प्रयोग गरिएका हातहरू नेपालीका ‘थारू’ कै हात थिए त? भन्ने नै हो। र यो अत्यन्तै पीडादायि प्रश्न हो।
मारिएका प्रहरी मध्ये एकजना थारू समुदायका पनि छन्। जातिय पहिचानको लागि आन्दोलित भीडले एकजना थारू प्रहरीको चित्कारलाई कसरि सुनेन? भाषा फरक भयो कि? लवज फरक भयो कि? पीडा फरक भयो कि? जिजिविसा फरक भयो कि? यति मात्र होईन, आन्दोलनमा सहभागी नै नभएका एक बालकको समेत हत्या भएको छ। कसले गर्‍यो ती बालकको हत्या?
अन्धाधुन्ध गोली प्रहारमा जो पनि मर्न सक्ने स्थिति पैदा हुन सक्थ्यो तर प्रहरी आफैं जलिरहेको छ। आफै निर्घात कुटपिटमा परेर जिउ जोगाउन सकिरहेको छैन भने यी बालाकको हत्या गर्ने आन्दोलनकारी नेपाली हुन सक्छन् वा सक्दैनन्? चासोको विषय बनेको छ।
प्रहरीको हत्या पनि आन्दोलन भईरहेको स्थानमा भएको छैन। अपहरणको शैलीमा खेत वा जंगल नजिक भएको छ। त्यसैले यसलाई मुठभेड वा प्रहरीको दमनपछि स्वभाविक प्रतिकार भनेर उपमा दिन मिल्दैन, यो सुनुयोजित तथा समूहगत आक्रमण नै हो।
दलहरूको दोष-
थारू जातिको बसोबास रहेको स्थललाई टुक्राउन नदिने थारूको माग नाजायज थिएन, तर यही माग पुरा गर्नको ‘हत्या-काणड’ मच्चाईएको चाँही पक्कै पनि होईन। आन्दोलनमा घुसपैठ भयो भनेर थारू नेताहरूले मिडियामा आफ्ना बक्तब्य दिई रहेका छन्, केहि हदसम्म यो आवाज न्यायपूर्ण छ। यो आवाजले धेरै अर्थ राख्छ, मुलतः यसले प्रहरीको हत्या हामीले गरेको होईनौ भन्नेमा जोड दिन्छ।
त्यसो भए हत्या कस्ले गर्‍यो र ती कोबाट परिचालित थिए? भन्ने कुरा दलका नेताले अनुमान लगाउन सक्छन्। तर कतिपय मधेशी नेताले प्रहरीले गोली चलाएका कारण प्रतिकार गर्दा दुःखद् घटना भयो भन्ने विचारसमेत प्रकट गरिरहेका छन्। यस्तो विचार घटनालाई ढाकछोप गर्ने र आफू ‘पानी माथिको ओभानो’ बन्ने प्रबृत्ति मात्रै हो।
त्यसैले हामीले यी दुई थरि धारणालाई केलाएर बुझ्नु आवश्यक छ। जस्तो कि शान्तिपूर्ण आन्दोलनको प्रतिकार गर्न घरेलु हतियारधारि जत्था पूर्व तयारीका साथ आन्दोलित हुनु मुठभेडको मानसिकता बोकेर आन्दोलित भएको हो कि होईन? र होईन भने आक्रमणकारी को थिए त? दलका केहि नेतालाई सम्भावीत टिकापुर घटनाबारे पूर्व जानकारी प्राप्त भए जसरि केहि दिन अगाडिदेखि नै बक्तब्य दिईरहेका थिए।
उदाहरणको लागि ‘मैले भने पछि एक मधेश एक प्रदेश पनि आउँछ’ भनेर बिजय कुमार गच्छदारको अभिव्यक्ति ताजै छ। त्यसैगरी राजेन्द्र महतोले खुला रूपमा घरमा जे-जे हतियार छन् सबै बोकेर आन्दोलनमा आउने र निधन हुनेलाई पचास लाख दिने घोषणा गरेका छन्।
उपेन्द्र यादव झन् उत्तेजित हुँदै पहाडियालाई तराईबाट लखेट्ने धम्की दिईराखेका थिए। मुख्य रूपमा एमाओवादी नेता बाबुराम भट्टराईले दोहोरो भूमिका खेलेको प्रष्टै देखिन्छ। उनले संविधानसभामा जसरी पनि संविधान बनाउने कुरा गर्ने, तर बाहिर थारूको आन्दोलनलाई समर्थन गर्ने मात्र होईन, उनीहरूको माग पुरा नगरे अनिष्ट हुनेछ भनेर हिजो मात्रै ट्विटरमालेखेका थिए।
केहि दिन अगाडि मात्र अर्का नेता वर्षमान पुनले ३ सय जति मान्छे मार्ने खेल भई रहेको भनेर मिडिया सामु आफ्ना भनाई राखेका थिए। अन्य स-साना हैसियत बटुललेका विभिन्न पार्टीका नेताले यस्ता अराजक र राष्ट्रघाति अभिब्यक्तिहरु हरेक दिन दिईरहेकै थिए।
यस बाट के कुरा प्रष्ट हुन्छ भने उनीहरूको पूर्वअनुमान, पूर्वसूचना वा पूर्व जानकारीलाई नेपाली कांग्रेस, एमाले लगायतका अन्य दलले गम्भीर रूपमा लिएनन्। यदि लिएको भए मानिसको मूल्य पचास लाख तोक्ने राजेन्द्र महतो लगायतका मधेसवादी नेतालाई मानहानीको मुद्दामा कारबाही हुन सकेन? किन वृहत रूपमा उनीहरूको मागमाथि छलफल हुन सकेन?
पछिल्लो समय विजयकुमार गच्छदार समेत किन समितिको बैठकबाट बाहिरिए? दल हरुले नै थारु जातिको समुदायलाई टुक्रराएपछि त्यहि आधारमा थारूको संबेदना जितेर सम्प्रादायिक घटना घटाउन चाहने अन्तर्राष्ट्रिय तत्वलाई जोड दिने गरि उनीहरूले सीमांकनको रेखा कोरे र थारूको बाहुल्य रहेको बस्तिलाई बिभाजन गरे, टुक्राईदिए।
एक हिसाबले थारू जातिको ऐतिहासिक थलोलाई अखण्ड राख्न चाहानु उनीहरूको अधिकारको कुरा पनि थियो। भारतसँग नजिक रहेका यी जिल्लाको संघीय संरचनामा दलहरु निकै गम्भीर बन्नुपर्ने थियो। तर त्यसो हुन सकेन, ख्याल गर्दा, स्याल पल्टियो भने जस्तो भयो। आफूमा निहित व्यक्तिगत स्वार्थ, राजनीतिक भविष्य र मुख्य मन्त्रीको पद शुरक्षित गर्न यति ठूलो अप्रिय सीमांकन नगरेको भए थारूको बस्ति असुरक्षित हुने नै थिएन।
धमिलो खोलामा माछा मार्नेहरू चिप्लिने थिए, उनीहरूलाई टाउँको उठाउन सक्ने सुनौलो अवसर प्राप्त हुने थिएन। साम्प्रदायिक गतिबिधिले स्थान पाउने थिएन र बलियो राष्ट्रिय एकता निर्माण हुन सक्थ्यो। तर, भयो उल्टो समस्या समधान गर्नभन्दा पनि दलहरू आ-आफ्नो डम्फु बजाउनै ब्यस्त रहे।
दलहरूले थारू अरूको मागलाई अल्पकालिन र दिर्घकालिन हिसाबबाट पुरा गर्ने बाचा गरेको भए आन्दोलनको औचित्य खासै थिएन, त्यो मत्थर हुन सक्थ्यो। नामाकरण चाही प्रान्तीय सरकारको निर्वाचन पश्चात सहमतिमा राख्ने कुरा थारू समुदायलाई सर्वमान्य हुन सक्थ्यो। अहिले उनीहरूलाई नामाकरण चाहिएको पनि थिएन, खास तिनले आफ्नो भुगोलको रक्षा चाहेका थिए।
दलले जनताको भावनात्मक संबेदना बुझ्न नसक्दा आज राष्ट अफ्ठ्यारो मोडमा उभिएको छ र रणनैतिक रुपमा संघियता आखिर के-का लागि थियो ? भन्ने प्रश्न हरु जन्मिएका छन् । यो जटिल प्रश्न हरु जन्माई दिने दलका मुख्य नेता नै हुन् ।
टिकापुरबाट पाठ सिकौ र दोहोरिन नदिऊँ। भूईँचालोपछि देशको पुन निर्माणमा एकजुट भई लाग्नुपर्ने बेलामा नेताहरूले राजनीतिक संकटलाई बढवा दिँदै नब्बे डिग्रिको कोणबाट फन्को मार्न पुगे र जनतालाई भाले जुधाईमा पारे, त्यसैको परिणाम टिकापुर घटना हाम्रो अगाडि उपस्थित छ। बिगतमा पनि यस्ता घटना नभएका होईनन् तर नेताहरूले पाठ सिकेनन्।
विगतमा माओवादी बिरूद्ध चलाइएको मधेस आन्दोलनमा एकै दिन २८ जना नेपालीको नरसंहार भएको थियो। अहिले थारू समुदायले गरेको पहिचानको आन्दोलनको नाममा घुसपैठ बनाएर गौर हत्या काण्डको झल्को दिने गरि अर्को बर्बर हमला भयो, यस तर्फ सबैजना सचेत हुनुपर्छ।
यदि संघीयता कै कारण जनताको दिन प्रतिदिन ज्यान जाने र एउटा न एउटा ले संबिधानलाई स्वीकार गर्न नसक्ने हो भने प्राणाली मै खोट देखिन्छ। यसको अर्थ प्रणालीबाट पछि हट्नुपर्छ भन्ने त होईन। तर, अगाडि बढेर पनि खासै फाईदा देखिदैन भने अन्तरिम संविधानलाई केहि परिमार्जित गरेर मुलुको राज्य ब्यवस्थाका गतिबिधि र काम कारबाही सजिलो बनाउँदै जाने त जनमत सङ्ग्रहको माध्यमबाट जनताको अभिमतद्वारा यी जटिल समस्याको समाधान गर्नुपर्ने देखिन्छ।
यो बिधि सबैभन्दा सजिलो होईन, तर सबैभन्दा वैधानिक विधि जनमत संङ्ग्रह बाहेक अन्य पनि छैन। यो अकाट्य सत्यदेखि हामि चाहेर पनि भाग्न सक्दैनौ। संविधान र संघीयताको काम फुटाउने होईन, जुटाउने हो। तर दलले फुटाउने र तोड्ने काम भई रहेको गरे। कसैलाई जिल्ला फुटेकोमा चिन्ता भयो, सकैलाई अञ्चल फुटेकोमा।
वास्तवमा खुसी त कोहि पनि देखिएनन्। सबै बेखुसी, सबै निराश किन भए? सुनौलो भविष्य र नयाँ नेपालको अगडि जनता किन चिन्तिन देखिए? किन गाँउ बस्तीको नागरिकहरूको भावाना एकातिर र नेताहरूको चाहना अर्को तिर भयो? भावना र चाहाना एउटै, उस्तै हुनु पर्ने होईन र? त्यसैले तत्काल जनमत सङ्ग्रह हो, न्यायिक विकल्प बाहेक अन्य बिकल्प हामीसँग छैन।
यदि यसो गर्न नसके हरेक दिन टिकापुरको जस्तै घटना नघट्ला भन्न सकिन्न किनकि जातिय अतिवादको अन्तिम बिन्दु साम्प्रदायिकता नै हो। साम्प्रदायिकता जोगाउने सवाल भन्दा ठूलो संघीयता हुन सक्दैन। तर दलहरूले आजैबाट घनिभूत बार्ता गरेर अगाडि बढे पक्कै सीमांकनलाई केहि थपघट गरेर राजनीतिक निकाश निकाल्न सकिन्छ।
अझै पनि त्यो अवसरबाट दलहरू चुक्नु हुदैन। एउटा हत्याकाण्ड घट्यो भन्दैमा स्थिति पुरै तहस नहस वा भयावह पनि भएको छैन, अझै अवसर छ। अन्त्यमा, टिकापुरको घटनामा जो, जसको संलग्नता देखिएपनि यो मानव बिरोधी गतिबिधि हो, शान्तिपूर्ण आन्दोलनलाई आक्रमणको रूपमा अगाडि बढाउने नेताको यो कदम राजनीतिक शास्त्र भित्र छैन।
घोषित रूपमा हुने गरेका हमला र आक्रमणको शसक्त प्रतिकार गर्ने अधिकार शुरक्षा अंगसँग हुन्छ। तर, यसरी शान्तिपूर्ण आन्दोलन भनेर राष्ट्रसेवक प्रहरीमाथि आक्रमण गर्ने काम भयो, यो अराजनीतिक हमलामा जुनसुकै शक्तिको हात रहेपनि सजायको भागिदार हुनैपर्छ।स्रोत सेतोपाटी

Monday, 24 August 2015

टीकापुर घट्नामा एसएसपी न्यौपाने सहित आठ जनाको मृत्यु भएको पुष्टि

टिकापुर घटना जातीय संघीयता र भारतीय घुसपैठको परिणामः नेकपा मसाल

रौतहटमा तरबार जुलुस, गोली प्रहार, प्रहरीसहित १५ जना घाइतेपछि कर्फ्यु जारी

प्रहरीलाई जिउँदै जलाइनु र भाला रोपेर हत्या गरीनु अमानवीय कार्य : गृहमन्त्री

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, बंगलादेशमाथि २–१ को जित

आवश्यकता अनुसार सेना परिचालन गर्न सिडिओलाई आदेश

आन्दोलनकारीले प्रहरीलाई जीउँदै जलाए, एसएसपी सहित प्रहरी अधिकारीको निधन (नामावली सहित) -

टिकापुरमा भिडन्त, एसएसपीसहित ८ प्रहरी र ४ प्रदर्शनकारीको मृत्यु

यस्तो छ प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)