Thursday, 27 August 2015

अफगानिस्तानविरुद्ध नेपाल २-० ले अगाडि

स्रोत-अन्नपूर्ण>>> भदौ १०, काठमाडौं : काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा खेलमा नेपालले अफगानिस्तानविरुद्ध अग्रता लिन सफल भएको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भइरहेको खेलमा नेपाललाई पहिलो हाफको ३३ औं मिनेटमा अन्जन विष्टले कर्णर बललाई हेडमार्फत गोलमा परिणत गरी अग्रता दिलाएका हुन् ।

त्यसलगत्तै डिबक्सभित्र नेपाली खेलाडीलार्इ लडाएपछि पाएको पेनाल्टीलार्इ सदुपयोग गर्दै अन्जनले नै अर्को गोल गरी नेपाललार्इ २-० को अग्रता दिलाए ।

सुनिल बलले दिएको उत्कृष्ट कर्णर बललार्इ अन्जनले हेडमार्फत गोल गरेका थिए । अन्जनले यो प्रतियोगितामा दुर्इ गोल गरिसकेका छन् । 

No comments:

Post a Comment