Tuesday, 25 August 2015

मलेसियामा सेक्युरिटी गार्डमा गएका नेपालीको तलव बढ्ने

मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदी

मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदीले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव लगायतका सुविधा बढाउन लागिएको बताएका छन् । मलेसियामा भ्रमणमा रहेका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको भेटमा उनले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव सुविधा बढाउन आफूहरुले गृहकार्य गरिरहेको बताएका हुन् ।
मन्त्री गुरुङसँगको भेटमा गृहमन्त्री हमिदीले छिट्दै सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव बढाउने विश्वास दिलाएको मन्त्री गुरुङले जानकारी दिए । गृहमन्त्री हमिदीले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव कम्तीमा पनि २ हजार पुर्‍याइने विश्वास दिलाएको मन्त्री गुरुङले बताए ।
मलेसियामा रहेका ९ लाख कामदारमध्ये आधाजसो सेक्युरिटी गार्ड छन् । उनीहरुले कम्तीमा १४ सयदेखि २५ सय रिङगिट पाउने गरेका छन् । भेटमा गृहमन्त्री हमिदीले आफूले सोचेको जस्तो नेपाली कामदार मलेसिया नआएको भन्दै चिन्ता प्रकट गरेका थिए । सेक्युरिटी गार्डका लागि मलेसिया आउन चाहनेहरुलाई तालिम दिएर पठाउन उनले आग्रह समेत गरेका थिए । गृहमन्त्री हमिदीले सबै नेपाली कामदारलाई तलव दिदाँ बैंक एकाउन्टमार्फत अब दिइने पनि बताए ।
नेपाली कामदारलाई राम्रो आवास क्षेत्रमा राखिने भन्दै उनले कोचाकोच गरेर नेपाली कामदार एउटै कोठामा राख्न नदिन कम्पनीहरुलाई निर्देशन दिएको समेत बताएका थिए ।
यसैबीच मन्त्री गुरुङले आजै मलेसियाका मानव संशाधनमन्त्री रिचार्ड राइटसँग पनि भेट गरेका छन् ।
मलेसियाका मानव संशाधनमन्त्री रिचार्ड राइट

भेटका क्रममा उनले फ्रि भिसा र फ्रि टिकटको निर्णय स्वागत योप्य भएको बताएको थिए । नेपाल सरकारले  कामदारका विषयमा ल्याएको नीति आफूले मन्त्रिपरिषद् बैठकमा लैजाने उनले बताए । फ्रि भिसा र टिकटको निर्णयलाई आफूहरुले गम्भीरताका साथ लिएको उनको भनाई थियो ।
भेटमा मन्त्री गुरुङले मलेसियामा घरेलु कामदारका रुपमा नेपाली महिला ल्याउन प्रस्ताव गरेका छन् । यस विषयमा छलफल गर्न दुवै देशका अधिकारी सम्मिलित एक अध्ययन समिति गठन गर्ने मन्त्री राइटले बताएका थिए । by kinmel setopati
 

No comments:

Post a Comment