Saturday, 22 August 2015

इङ्लिस प्रिमियर लिगमा आजको भिडन्त यस्तो छ


 



काठमाडौं, भदौ ५ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार ६ खेल हुँदै छन् ।
नेपाली समयअनुसार साँझ साँढे ५ बजे हुने खेलमा उपाधि दाबेदार म्यानचेष्टर युनाइटेडले न्युकासल युनाइटेडको सामना गर्दै छ ।
घरेलु मैदान वल्र्ड ट्राफर्डमा न्यूकासलबिरुद्ध जित निकाल्दै म्यान्यु लिगमा अपराजितयात्रा कायम राख्ने दाउमा छ ।
लिगमा यस अघि खेलेका आफ्नो दुबै खेलमा म्यान्यू विजयी भएको थियो । प्रतियोगिता अन्तर्गत राति पौने ८ बजे हुने खेलहरुमा लेष्टर सिटीले टोटनहाम हट्स्परको, क्रिष्टर प्यालेसले एस्टोन भिल्लाको, नर्विच सिटीले स्टोक सिटीको सामना गर्दै छ ।
यस्तै, सन्डरल्याण्ड स्वान्सी सिटिसँग भिड्दा वेष्टह्याम युनाइटेडले एफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्ने छ ।

No comments:

Post a Comment