काठमाडौं, भदौ ७ । संविधान निर्माणमा असन्तुष्टि राखेर तराईसहितका विभिन्न ठाउँमा आन्दोलन भए पनि अहिलेसम्म उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति सामान्य छ । तर, अझै केही दिन बन्द कायम रहे खाद्यान्न, इन्धनलगायतको आपूर्तिमा केही समस्या हुने सम्भावना छ ।
व्यवसायीका अनुसार हाल उपत्यकालाई आवश्यक पर्ने खाद्यान्न मौज्दात समग्रमा १५ दिनलाई पुग्ने छ । ‘उपत्यकाका गोदाममा एक महिनालाई पुग्ने चामल छ,’ खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘तत्काललाई आत्तिहाल्नुपर्ने अवस्था छैन । अन्य खाद्यान्न पनि १५ दिनजतिलाई पुग्छ ।’ नयाँपत्रिका दैनिकका लागि अजित अधिकारीको रिर्पोट अनुसार यस्तो छ उपत्यकामा खाद्यान्न,तरकारी,ग्यास तथा पेट्रोलियम पदार्थको अवस्था

ग्यासको आपूर्तिमा समस्या
– तराईको आन्दोलन जारी रहे उपत्यकामा खाना पकाउने एलपी ग्यासको ठूलो अभाव हुने देखिएको छ । सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर आपूर्ति हुने उपत्यकामा अहिले आठ हजार सिलिन्डर मात्रै आपूर्ति हुँदै छ ।
– एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेका अनुसार तराई बन्दका कारण ग्यास बोकेका दुई सय ५० बुलेट तराईका भन्सार नाका पार गर्न नसकी भारतपट्टि नै रोकिएका छन् । त्यस्तै उद्योगमा ग्यास खन्याएर भारत जान लागेका डेढ सय बुलेट पनि नेपालपट्टिको भन्सारमै रोकिएका छन् । भन्सारपारि रोकिएका बुलेटलाई चाँडै उद्योगसम्म आउने वातावरण नबने उपत्यकामा ग्यासको हाहाकार हुने उनले बताए ।

खाद्यान्न १५ दिन पुग्ने
– उपत्यकाका खाद्यान्न गोदाममा करिब १५ दिन पुग्ने खाद्यान्न भण्डारण छ । तराईमा जारी बन्द र आन्दोलन लम्बिँदै जाँदा उपत्यकामा हुने खाद्य अभावलाई मध्यनजर गर्दै अत्यावश्यकीय खाद्यान्न प्रहरी स्कर्टिङमा ढुवानी भइरहेको छ । तर, आन्दोलनको स्वरूपअनुसार ढुवानीमा सहजता वा अप्ठ्यारो बढ्दै जानेछ ।

पेट्रोल ५ र डिजेल १५ दिन मात्रै पुग्ने
– नेपाल आयल निगमका अनुसार आइतबार साँझसम्म थानकोट डिपोमा ७२ लाख ६१ हजार सात सय लिटर पेट्रोलियम पदार्थ मौज्दात छ । यो परिमाणले उपत्यकामा पेट्रोल पाँच दिन र डिजेल १५ दिनसम्म धान्छ । तराईको आन्दोलन चर्कियो र आपूर्ति घटे पेट्रोलियम पदार्थको पनि अभाव हुनेछ ।

एक हप्ताका लागि प्याज र आलु
– उपत्यकामा खपत हुने तरकारी धादिङ, काभ्रे, मकवानपुर र नुवाकोटबाट आउने गर्छ । कालिमाटी तरकारी बजारमा एक हप्तालाई पुग्ने प्याज र आलु भण्डारण छ । प्रहरी स्कर्टिङमा भारतबाट आउने तरकारी पनि अहिलेसम्म ढुवानी हुन रोकिएको छैन ।

१० दिनदेखि देशभरका नाका अस्तव्यस्त
ट्राफिक प्रहरीका अनुसार तराईमा जारी आन्दोलनका कारण उपत्यका आउने–जाने सवारीसाधन २० प्रतिशत मात्र चलेका छन् । शनिबार ७३१५ सवारीसाधन काठमाडौं भित्रिए भने ७७०८ बाहिरिए । आइतबार १३२२ सवारीसाधन भित्रिए भने १५२२ सवारीसाधन बाहिरिएका छन् ।
भूकम्पपछि चीनसँगको नाका ठप्प छ । तराईको आन्दोलनले भारतसँगका नाका पनि अस्तव्यस्त बनेका छन् । त्यसको प्रभाव उपत्यकामा पर्न नदिन सरकार सचेत रहेको गृह मन्त्रालयले जनाएको छ ।स्रोत अन्लाईन

No comments:
Post a Comment