Sunday, 30 August 2015

दिवंगत एसएसपी न्यौपानेको घरमा बाबुराम Read more>>>

स्रोत-एभरेष्ट दैनिक>>>काठमाण्डौ, भदौ १३ । एकीकृत माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले टीकापुरमा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेका परिवारलाई भेटेका छन् । न्यौपानेको घर सिनामंगलमै गएर डाक्टर भट्टराईले दिवंगत न्यौपानेका श्रीमती र छोरासँग भेट गरेका हुन् । भेटमा न्यौपानेको परिवारले हत्याको निष्पक्ष छानवीन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको भन्दै भट्टराईले गंभीरता पूर्वक लिन राज्यलाई आग्रह गरेका छन् ।
न्यौपानेका परिवारलाई भेटेपछि भट्टराईले फेसबुकमा न्यौपानको हत्या भएको उल्लेख गरेका छन् । भट्टराईले फेसबुकमा ‘टीकापुरमा वीभत्स ढंगले हत्या गरिनु भएका एसएसपी लक्ष्मण न्यौपाने’ भनेर उल्लेख गरेका छन् । भट्टराईले घट्नामा मारिएका अरुका विषयमा पनि छानवीन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।
‘घट्नामा एमाओवादीलाई मुछ्नु दुराशयपूर्ण’
तर भट्टराईले टीकापुर घट्नामा एमाओवादीको नाम जोडिएकोमा आपत्ति जनाएका छन् । भट्टराईले एमाओवादीलाई जबर्जस्ती दुराशय पूर्ण ढंगले घट्नामा मछेर सत्य सत्य ढाकछोप गर्न खोजिएको जिकिर गरेका छन् ।
‘यस्तो अत्यन्त दुःखद र खेदजनक घटनामा पनि छुद्र राजनीति गर्ने र एमाओवादीलाई दुरासयपूर्ण ढंगले जवर्जस्ती मुछेर वास्तविक मुद्दालाई ढाकछोप गर्ने प्रवृत्तिसंग सबै सतर्क रहौं १’ भट्टराईले फेसबुकमा लेखेका छन् ।
तस्विर भट्टराईको फेसबुकबाट

No comments:

Post a Comment