Friday, 21 August 2015

प्रहरीचौकीमा ढुंगामुढा गरेपछि रुपन्देहीमा कर्फ्यु



भैरहवा, भदौ ४ । लगातारको बन्दका कारण जनजीवन प्रभावित बन्दै गएको र हिंसात्मक घटनासमेत हुन थालेको भन्दै भैरहवाका स्थानीयले शुक्रबार सद्भाव र्‍याली निकालेका छन् ।

संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका कारण तनाव बढेको भन्दै रुपन्देहीको भैरहवामा सद्भाव कायम गर्न नागरिक अगुवाहरुको अगुवाइमा सद्भाव र्‍याली निकालिएको हो ।

बुद्ध चोकबाट निकालिएको र्‍याली नारायणस्थान, मिलनचोक, देवकोटा चोक, नयाँ सडक, बर्मेली टोल हुँदै पुनः बुद्ध चोकमै पुगेर समापन भएको थियो ।

यसैबीच, रुपन्देही मर्चवारको मर्यादपुरमा रहेको प्रहरीचौकीमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । इमेज खबरमा छ्पिएको छ। 

No comments:

Post a Comment