Saturday, 29 August 2015

ज्यान ठूलो हो तिम्रा सरलाई सम्जाइदेऊः प्रधानमन्त्री

स्रोत-सेतोपाटी>>>प्रधानमन्त्री सुशील कोइरालाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई ‘ज्यान ठूलो हो’ भनेर सम्झाइदिन चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थीहरूदाई सुझाव दिएका छन्। धर्नासहित ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका संस्थानका विद्यार्थीहरूमध्ये तीनजनालाई भित्र बोलाएर यस्तो आग्रह गरेको खबर आजको नागरिकमा छापिएको छ।
डा.केसी अनसन बसेको छैठौ दिन बितिसक्दा पनि सरकारले उनका माग सम्बोधन गर्ने प्रयाससमेत गरेको छैन।यसअघि तेस्रो दिन सरकारले एकतर्फी रूपमा अनसन तोड्न आग्रह गर्दै पत्र पठाएको थियो। त्यसयता सरकारका कोही पनि अधिकारी केसीको माग पुरा गर्न पहल नगरेको सहकर्मीहरू चिकित्सकहरूले गुनासो गरेका छन्।

प्रकाशित मिति: आइतबार, भाद्र १३, २०७२ ०५:२२:०३

No comments:

Post a Comment