Monday, 24 August 2015

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, बंगलादेशमाथि २–१ को जित

काठमाडौं, भदौ ७ । नेपाल समूह विजेता बन्दै साफ यु–१९ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
समूहको अन्तिम खेलमा सोमबार बंगलादेशमाथि २–१ को जित हासिल गर्दै नेपाल समूह विजेता बनेको हो । इन्जुरी समयको अन्तिम मिनेटमा बंगलादेशी खेलाडी तुतुल बादशाहले आत्मघाती गोल गरेपछि नेपाल विजयी भएको हो ।
यसअघि, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको ११औं मिनेटमा रोहित सरकारको गोलबाट बंगलादेशले अग्रता लिए पनि १८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अञ्जन विष्टले नेपाललाई बराबरीमा ल्याएका थिए ।
हारपछि बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । तीन टोली सम्मिलत समूह ‘ए’मा भुटानले समूहका सबै खेल हारेपछि समूह चरणबाट बाहिरिएको थियो ।

प्रतियोगिताको सेमिफाइनल समीकरण मंगलबार पूरा हुँदैछ । अर्को समूहको अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । यो खेलबाटै समूह ‘बी’बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

यसअघिका खेलमा अफगानिस्तानले माल्दिभ्सलाई हराउँदा भारतसँग पराजित भएको थियो । भारतले माल्दिभ्समाथि जित हासिल गरे वा बराबरी गरे समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । by imagekhabar

No comments:

Post a Comment