स्रोत-इमेजखबर>>> पोखरा, भदौ १० । नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेलको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
विहीबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरी पौडेलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लेखनाथ नगरपालिका वडा नम्बर–१२ का विश्वास गौतम र १३ का प्रकाश गुरुङलाई सार्वजनिक गरेको हो ।
पौडेलको हत्यापछि फरार रहेका गौतमलाई प्रहरीको विशेष अनुसन्धान टोलीले भारतको देहरादुनबाट पक्राउ गरेको हो ।
यस्तै, गुरुङलाई उनकी प्रेमिकाको सहयोगमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनामा मुख्य आरोपी गौतम, गुरुङ र राजु रानाभाटबाहेक अन्य ५ जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा तनहु शुक्लागन्डकी–३ दुलेगौडाका चन्द्रबहादुर थापामगर, नवलपरासी सोमनाथ नगरपालिका–१ सुनवलका भरत पौडेल, नवलपरासी पिठ्यौली–२ घर भइ गैडाकोट २ बस्ने मीनबहादुर घले, स्याङजा बिचारी चौतारा–७ घर भइ हाल नवलपरासी गैडाकोट–२ पुलचोक बस्ने रवि क्षेत्री र कपिलबस्तु घर भइ हाल रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने वीरेन्द्रकुमार रानामगर छन् ।
उनीहरुमाथि पौडेलको हत्यामा संलग्नहरुलाई भगाउन सहयोगीको भूमिका खेलेको आरोप छ । हत्याका अर्का आरोपी रविन केसी भने अझै फरार छन् ।

No comments:
Post a Comment