काठमाडौं, भदौं ९ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला बुधवार संविधानसभामा भावुक भएर प्रस्तुत भए । उनले असन्तुष्टदललाई वार्ताबाट समाधान खोज्न आग्रह मात्रै गरेनन् जसरी भएपनि संविधानसभाबाट संविधानजारी हुने कुरा गरे । प्रधानमन्त्री कोइरालाले सबैको भावनालाई बुझेर शालीनताका साथ संविधान लेखनलाई निष्कर्षमा पु¥याउन सबै सभासद्लाई आग्रह गरे ।
नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै उनले मुलुकका विभिन्न ठाउँमा भएका हिंसात्मक क्रियाकलाप प्रति दुख समेत व्यक्त गरे । उनले भने ‘ नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरूबीचको साझा डकुमेन्ट भएकाले यसलाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्छ । मस्यौदामा देखिएका कमीकमजोरीलाई परिमाजृन र सुधार गरेर जान सकिन्छ । संशोधन गरेर अघि बढ्न सकिने भएकाले मेरा सबै कुरा समेटिएन भनेर नआत्तिन म आग्रह गर्नु । ’
आन्दोलनमा बल प्रयोग भएको गुनासो आफूकहाँ आएको भन्दै प्रधानमन्त्री कोइरालाले तोडफोड र सुरक्षाकर्मीमाथिनै आक्रमण भएपछि के गर्ने ? भन्दै प्रश्न गरे । उनले शान्ति सुरक्षा कायम गर्ने काम राज्यको भएको प्रतिक्रिया दिए । उनले भने –“सबै पार्टीले परिमार्जन गर्न मिल्छ भनिरहेको छ, अब जनतालाई छिटो संविधान दिनुपर्छ, संविधान दिन नसक्दा नसोचेका घटना भइरहेका छन्, मुलुकमा अमनचयन गरेर संविधान दिनु आजको आवश्यकता हो । सबै मिलेर शान्ति कायम गराँै, जति अशान्ति भयो त्यति नै नोक्सान हुन्छ, सुरक्षाकर्मीलाई पनि ज्यादती नहोस् भनेर भनिरहेका छौँ ।” स्रोत- एभरेष्ट दैनिक

No comments:
Post a Comment