Wednesday, 26 August 2015

नाचघरमा जनयुद्धको सम्झना:नेतालाई दुःख सम्झाउने प्रयास>>> Read more at:

स्रोत-एभरेष्ट दैनिक, काठमाण्डौ, भदौ ९ । माओवादी आन्दोलन अहिले विभिन्न टुक्रामा विभाजित भएको छ । कोही सडकमा त कोही संविधान सभामा छन् । हरेकका आ–आफ्ना कार्यदिशा छन् । फरक कार्यदिशा भएपछि एकै ठाउँ हुने कुरै भएन, तर पनि माओवादीहरुले एक जुट हुने प्रयास गरिरहेका छन् , कहिले छलफल त कहिले सांगीतिक कार्यक्रम गर्छन् र नेताहरुलाई एकै ठाउँमा भेला पारेर एकताका लागि दबाब दिन्छन् । तर पनि यस्ता दबाबले खासै प्रभावकारी काम गरेको देखिन्न ।
nach 2
जनयुद्ध हुँदै आएको माओवादी पार्टी टुक्रेर चिरा चिरा परेकोमा कार्यकर्ताहरु भने निकै चिन्तित छन् । यस्तै चिन्ता बुधवार द्वन्द्व सरोकार केन्द्रले राष्ट्रिय नाचघरमा ‘जनयुद्धका स्वरहरु’ शीर्षकमा गरेको सांगीतिक कार्यक्रममा पनि देखियो ।
nach 1
द्वन्द्व सरोकार केन्द जनयुद्धमै लागेर पीडा भोगेकाहरुको संस्था हो । सबै माओवादी नेतालाई एकै ठाउँमा ल्याउने प्रयास असफल भएपनि कार्यक्रममा माओवादी कलाकारले माओवादी नेताहरुलाई युद्धकालमा दुख पाएको, लडेको ओपेरा देखि अहिलेसम्म आईपुग्दा बिग्रेको माओवादीलाई प्रहसन मार्फत देखाउने प्रयास गरे । कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव कृष्णबहादुर महरा, नेकपा–माओवादीका हरिभक्त कँडेल, कुलप्रसाद केसी लगायतको उपस्थिति थियो ।
dya 2
कार्यक्रममा जनवादी कलाकार जेवी टुहुरे, जीवन शर्मा, माईला लामा र प्रदीप देवान लगायत थुप्रै कलाकारले आ–आफ्ना प्रस्तुति देखाए । ‘ निस्कन झट्टै निस्क बन्दुक बोकेर निस्क’ बोलको गीतबाट शुरु भएको कार्यक्रम, ‘होशियार दुश्मनहरु वीरहरुले अर्को क्रान्ति गर्छन’ बोलको गीत सहितको नृत्य देखाएर सकियो ।
nach 3

nach 4

No comments:

Post a Comment