Saturday, 29 August 2015

कुवेत जाने नेपाली कामदार घटे, साउदीमा बढे...Read more>>>

स्रोत-किनमेल सेतोपाटी>>> एक वर्षको अवधिमा कुवेत जाने कामदारको संख्यामा निकै गिरावट आएको छ।
 
आर्थिक वर्ष २०७१/७२ मा कुवेत जाने नेपाली कामदारको संख्यामा अघिल्लो वर्षभन्दा ५१ प्रतिशतले गिरावट आएको हो। सो आर्थिक वर्षमा जम्मा ९ हजार ६ सय ६८ कामदारहरु कुवेत गएका छन्। त्यसअघिको वर्षमा जम्मा १९ हजार ८ सय ६१ कामदारहरु कामका लागि कुवेत गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। 
 
यसैबीच साउदी अरब जाने कामदारको संख्या भने बढेको छ।
 
आर्थिक वर्ष २०७१/७२ मा साउदी अरब जाने नेपाली कामदारको संख्या १३ प्रतिशतले बढेको छ। सो आर्थिक वर्षमा ९८ हजार २ सय ४६ नेपाली कामदारहरु साउदी अरब पुगेका छन्। त्यसअघिको आर्थिक वर्षमा ८६ हजार ६ सय ५३ कामदारहरु सो देशमा पुगेका थिए। 
 

प्रकाशित मिति: शनिबार, भाद्र १२, २०७२ ११:२८:२८

No comments:

Post a Comment