Wednesday, 19 August 2015

संघीयता, धर्मनिरपेक्षता हटाएर संविधान जारी हुनै सक्दैन : बाबुराम


काठमाडौं, भदौ २ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संघीयता र धर्मनिरपेक्षता जस्ता विषयहरुलाई हटाएर संविधान जारी हुनै नसक्ने बताएका छन् ।



बुधबार पार्टी कार्यालय कोटेश्वरमा एमाओवादीका दिवंगत नेता रामबृक्ष यादवको स्मृतिमा गरिएको कार्यक्रममा उनले संविधानमा संघीयता र धर्मनिरपेक्षता जस्ता विषय सुनिश्चित हुने भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे ।

नेता भट्टराईले केही दिनभित्रै संविधान जारी हुने र सीमांकनको सम्बन्धमा अहिले सम्बोधन गर्न नसकिएको मागलाई संघीय आयोग बनाएर टुंगो लगाइने पनि बताए ।

मुलुक संघीय संरचनामा गएपनि जिल्ला, अञ्चल र विकास क्षेत्रको अस्तित्वसमेत प्रदेशमा परिणत हुने भएकाले विवाद गर्नुको अर्थ नहुने उनको भनाइ थियो । सभार- इमेज

No comments:

Post a Comment