विराटनगर, ६ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेस प्रदेशका लागि आन्दोलन गर्नुपरेको बताउनुभएको छ ।
विराटनगरको महाविरचौकमा आज मधेसी मोर्चाद्वारा आयोजित विरोधसभामा उहाँले कुनै खास विशेष जातिको विरुद्धको लडाइ नभई राज्यबाट विभेदमा पारिएका मधेसी, जनजाति, दलित र मुस्लिमको हक अधिकारका लागि लडाइ गर्नुपरेको धारणा प्रकट गर्नुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्य पुनःसंरचनामा पक्षपात गर्नुका साथै नागरिकतामा पनि पक्षपात गर्न खोजिएको आरोप लगाउनुभयो ।
उहाँले तराईमा जनसङ्ख्या बढी भएपनि संसदीय क्षेत्र कम र पहाडमा बढी दिएर विभेदमा पार्न खोजिएकाले आन्दोलनबाहेक अन्य विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्वायत्त मधेस प्रदेश नदिएसम्म आन्दोलन जारी रहने उल्लेख गर्नुभयो ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेसीको हकहित अधिकारका लागि सङ्घर्ष जारी रहने बताउनुभयो । साभार अनलाइन

No comments:
Post a Comment