Saturday, 22 August 2015

निःशुल्क भिसा र टिकटको निर्णय कागजमै सीमित ।।।


६ भदौ, काठमाडौ । सरकारले निःशुल्क भिसा र हवाइ जहाज टिकट (सून्य खर्च) मा पूर्वश्रम स्वकृति लिएर वैदेशिक रोजगारमा कामदार नपठाउने म्यानपावरमाथिको कारबाही कागजमा सीमित भएको छ ।
सात मुलुकमा निःशुल्क भिसा र हवाई जहाज टिकट (सून्य खर्च) को पूर्व स्वीकृति प्रशस्त मात्रामा निस्किरहेको भए पनि कामदार पुरानै मागपत्रमा जान बाध्य छन् ।
मेनपावर कम्पनीले नयाँ मागपत्रमा पठाउन समय लाग्ने जानकारी दिएर पुराना मागपत्रमा कामदारलाई वैदेशिक रोजगारमा पठाउँछन् ।
तर नयाँ मागपत्रमा कामदार पठाएर रकम भने अत्याधिक लिन म्यानपावर सफल भइरहेका छन्, नयाँ पत्रिकामा खबर छ । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीले कामदार पठाउन नै विभागका पूर्व स्वीकृति लिने गरेकाले अत्याधिक रकम लिनेमाथि अनुगमन गरी कारबाही गर्ने जनाएको छ ।
तर, न्यून खर्च लागू भएको डेढ महिना पुग्दा पनि विभागले अत्याधिक रकम लिने कुनै पनि मेनपावर कम्पनीमाथि कारबाही गर्न सकिरहेको छैन । अनुगमनमा जाने विभागका कर्मचारीले गलत गर्ने म्यानपावरमाथि कारबाही भन्दा पनि आर्थिक चलखेलमा बढी अभिरुची लिने गरेको ब्यवसायीकै गुनासो छ । स्रोत ओन्लाइन खबर ।।।

No comments:

Post a Comment