Tuesday, 25 August 2015

बालुवाटारमै भीम रावललाई थारु सभासदले दिए भिड्न आउन चेतावनी

काठमाण्डु, ८ भदौ– थारु नेता तथा सभासदहरुले अखण्ड सुदुरपश्चिम पक्षधरको आन्दोलन तत्काल नरोके निशस्त्र रुपमा भएपनि आफूहरु भीड्न तयार रहेको बताएका छन् ।
अखण्ड सुदुरपश्चिमको पक्षमा रहेका नेताहरुको गैरजिम्मेवार अभिव्यक्तिका कारण कैलालीको टीकापुरमा दुख घटना भएको भन्दै हतियारको भरमा दमन नगर्न एमाले उपाध्यक्ष भीम रावललाई चेतावनी दिएका हुन् ।
मंगलबार बालुवाटार पुगेका थारु नेता तथा सभासदहरुले अखण्ड सुदुरपश्चिमको पक्षमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष रावल र एमाओवादी पोलिटव्युरो सदस्य लेखराज भट्टका कारण थारुहरुले आफ्नो अधिकारका लागि आन्दोलन गर्नुपरेको बताए ।
उनीहरुले अखण्ड सुदुरपश्चिमका मसिया नेताहरुले आफ्नो पैत्रिक सम्पति जस्तै कैलाली र कञ्चनपुरलाई पहाडसँग मिलाउन खोजेर थारुहरुलाई उत्तेजित पार्न खोजेको आरोप लगाए ।
उनीहरुले प्रहरीको आडमा गराइएको घटनाको जिम्मेवारी लिएर तत्काल प्रहरी दमन बन्द नगरे आफूहरु भीड्न तयार रहेको चेतावनी पनि दिए ।
‘प्रहरी दमन रोक्नुहोस्, कि त निसस्त्र भीड्न आउनुहोस् ।’ थारु सभासदले भने ।
जवाफमा उपाध्यक्ष रावलले हिंसात्मक आन्दोलन गर्ने र हिंसा भड्काउने आफ्नो पार्टीको नीति नभएको बताए ।
उनले पार्टी केन्द्रले संयमित रहन स्थानीय कार्यकर्तालाई निर्देशन दिइसकेकाले फेरि यस्तो घटना नदोहोरिने प्रतिवद्धतासमेत जनाए । by kathmanduToday

No comments:

Post a Comment