स्रोत-kathmanduToday.com>>>बनेपा, १३ भदौ-पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले शनिबार काभ्रेपलाञ्चोकमा स्थापना भएको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीबारे जानकारी लिएका छन् ।
पाँचखाल नगरपालिका–१६ मा रहेको सो बस्तीको अवधारणा, ढाँचा, बनावट र निर्माण सामग्री आदिबारे जानकारी लिँदै उनले भौगोलिक बनावटका आधारमा सो नमुना एकीकृत बस्ती बसाउने क्रममा प्रयोग गर्न सकिने बातए ।
कलाकार सीताराम कट्टेल ९धुर्मुस०ले आफ्नो नमुना सरकारले लागू गरे सफलता हुने बताए । कलाकार कुञ्जना घिमिरे ९सुन्तली०ले सरकारका हरेक अभियानमा साथ दिन आफूहरु तयार भएको बताइन् ।
सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै ‘मेरी बास्सै’ र ‘भद्रगोल’का कलाकार र ‘सगुनडटकम’का टोलीले पाँचखाल पहरी गाउँमा एकीकृत नमुना बस्ती बसाएको थियो । पहरीगाउँमा एकै थरिका घरभित्र शौचालय भएको बगैँचासहितको तीनकोठे २० पक्की घर छन् । प्रत्येक घरका लागि खानेपानी, धारा र बस्तीमा पाँच बायोग्यास प्लान्ट जडान गरी सबै घरमा व्यवस्थित गरिएको छ । घरमा डिसहोमसमेत जडान गरिएको छ ।

No comments:
Post a Comment