Saturday, 29 August 2015

नेपाललाई २२ वर्षपछि उपाधि, भारत स्तब्ध...Read more>>>

स्रोत-इमेजखबर>>> काठमाडौं, भदौ १२ । नेपालले पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको फाइनलमा नेपालले भारतलाई पराजित गरेको हो । नेपाल टाइब्रेकरमा ५–४ ले विजयी भयो ।

नेपालका लागि टाइब्रेकरमा हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, दोन थापा र अनन्त तामाङले गोल गरे । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल सीधै पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो ।

खेलको ३१औं मिनेटमा सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाएका थिए । नेपाल विजय नजिक पुगेका अवस्थामा ८८औं मिनेटमा दिनेश राजवंशीले डी बक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतले बराबरी गरेको थियो ।

यो उपाधिसँगै नेपालले २२ वर्षपछि फुटबलमा पहिलो उपाधि जितेको छ । यसअघि नेपालले सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदमा भारतलाई नै हराउँदै स्वर्ण पदक जितेको थियो ।
सो बेलामा नेपाली टिमका खेलाडी बालगोपाल महर्जनले अर्को एउटा कीर्तिमान पनि थपेका छन् । महर्जनले यसपटक प्रशिक्षकको भूमिका सम्हालेका थिए ।
तस्वीरः विमलको ट्वीटबाट ।

No comments:

Post a Comment