भाद्र ६, २०७२- श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ सोमबार मलेसिया आउँदैछन् । गत असार २२ मा सरकारले लागु गरेको फ्रि भिसा तथा फ्रि टिकट निर्णयबारे मलेसियाका सरकारी अधिकारीदेखि रोजगारदाता एवं सम्बन्धित निकायलाई स्पष्ट पार्न एवं छलफल गर्न उनी आउन लागेको नेपाली राजदुत डा.निरञ्जनमानसिंह बस्न्यातले कान्तिपुरलाई बताए ।
बस्न्यातका अनुसार मन्त्री गुरुङसहित मन्त्रालयका निमित्त सचीव र बैदेशिक रोजगार विभागका महानिर्देशक समेतले मलेसियाली उपप्रधान तथा गृहमन्त्री डा.अहमद जाहिद हमिदी र मानव संसाधनमन्त्री रिचर्ड रियटजइमलगायत सरकारी अधिकारीहरुसित भेट गर्नेछन् ।
स्रोतका अनुसार मन्त्री गुरुङले सोमबार रोजगारदाता कम्पनीका प्रतिनिधि र निजी तथा सरकारी अधिकारीहरु सम्मिलत एक ‘परामर्श कार्यक्रम’ मा सामेल भई सरकारी नीतिबारे उनीहरुलाई स्पष्ट पार्नेछन् ।
मलेसियासहित प्रमुख सात गन्तव्य मुलुकसित लागू गर्ने गरि निर्णय भएको फ्रि भिसा फ्रि टिकटको सर्वत्र स्वागत भएको छ । उक्त निर्णयले विदेशमा कार्यरत नेपालीहरु खुशी भए पनि कार्यान्वयन हुनेमा पूर्ण विश्वस्त हुन नसकिरहेका बेला मन्त्री गुरुङ झण्डै ८ लाख नेपाली कार्यरत मुलुक मलेसिया आउन लागेका हुन् । उनको यस भ्रमणले मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली कामदारको माग बढ्नसक्ने र सकारात्मक सन्देश प्रवाह हुनसक्ने भएकाले निकै महत्वका साथ हेरिएको छ ।
नेपाली दुतावासका अनुसार फ्रि भिसा फ्रि टिकट लागू भएपछि पनि नेपाली कामदारको मागमा खासै ह्रास आएको छैन । ‘खासै माग घटेको छैन । सायद नेपाली कामदारको इमान्दारिता, मेहनतीपनाले नै होला मागपत्र प्रमाणिकरणका लागि दैनिकजसो रोजगारदाताहरु आउने गरेका छन् ।’ दुतावासका एक अधिकारीले भने ‘हामीले प्रमाणिकरणका लागि आएका रोजगारदाता कम्पनीमा कामदार ल्याउनुअघि एकपटक भ्रमण गरेर मात्रै स्विकृत गर्ने गरेका छौं । अब मन्त्रीज्यूको भ्रमणले पनि यसमा झन् बढी सकारात्मक सन्देश जानसक्छ ।’ कान्तिपुर समाचारमा छापिएको छ।

No comments:
Post a Comment