Monday, 31 August 2015

मधेसीको सुरक्षामा भारतीय गृहमन्त्रीको गम्भीर चासो



नेपालका मधेसीहरु भारतीय हुन् ?
स्रोत-अन्नपूर्ण>>>काठमाडौं : भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तरार्इ मधेसमा बस्दै आएका भारतीयको सुरक्षाप्रति गम्भीर चासो ब्यक्त गरेका छन् ।

नेपालमा जारी राजनीतिक अस्थिरतका कारण यहाँका भारतीयहरु असुरक्षित रहेको इंगित गर्दै गृहमन्त्री सिंहले उनीहरुको सुरक्षामा भारतको विशेष चासो रहेको स्पष्ट पारेका हुन् ।

उनले नेपालमा रहेका करिब एक करोड भारतीयको सुरक्षाको विषयलार्इ भारत सरकारले नजरअन्दाज गर्न नसक्ने पनि बताएका छन् ।

इन्डिया टुडेको अनलाइन संस्करणमा आइतबार प्रकाशित समाचार अनुसार गृहमन्त्री सिंहले नेपालमा केही समययता जारी राजनीतिक अस्थिरताले भारतीयहरु जोखिममा रहेको बताएका हुन् ।

'मधेसमा देखिएको समस्या नेपालको आन्तरिक मामिला हो, तर नेपालमा बस्दै आएका भारतीयहरुको सुरक्षामा हाम्रो चासो छ', सिंहले नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशस्थित महाराजगञ्ज जिल्लाको भ्रमणका क्रममा पत्रकारसँग भनेका छन् ।

महाराजगञ्ज जिल्लामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का लागि बन्न लागेको भवन शिलान्यासका क्रममा सिंहले उत्तर प्रदेशसँग सीमा जोडिएका नेपालका जिल्लामा भइरहेका अपराधिक घटनामा पनि विशेष चासो राखेका छन् ।

नेपालका मधेसीहरु भारतीय हुन् ?

राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको सुरक्षामा चासो ब्यक्त गरेको सोही समाचारमा नेपालका मधेसीहरु भारतबाट वर्षौंअघि बसाइँ सरेर नेपाल आएको दाबी गरिएको छ ।

'मधेसीहरु भारतीय हुन्, उनीहरु वर्षौंअघि बसाइँ सरेर नेपाल गएपछि त्यहाँको नागरिकता लिए', इन्डिया टुडेमा पत्रकार पियुष श्रीवास्तव लेख्छन्, 'उनीहरुलार्इ नेपालबाट लखेट्न केही राजनीतिक दल र सशस्त्र समूहरुले गरी आक्रमण गरिरहेका छन् । त्यहीकारण मधेसीलार्इ भारतीय जनता पार्टीले लामो समयदेखि सहयोग गर्दै आएको छ ।'

No comments:

Post a Comment