एजेन्सी,लण्डन : सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार पाएकी पाकिस्तानी किशोरी मलाला युसुफजाईले बेलायतका स्कुलको राष्ट्रिय परीक्षामा पनि आफूलाई उत्कृष्ट सावित गरेकी छन्। विद्यालयस्तरको ओ लेभलको परीक्षामा मलालाले ६ विषयमा ए प्लस र ४ विषयमा ए ग्रेड हासिल गरेकी छन्।
उनका बुवा जियाउद्दिन युसुफजाईले छोरीको सफलताले आफूलाई गर्व लागेको बताएका छन्। सन् २०१२ मा पाकिस्तानको स्वात उपत्यकामा अतिवादी तालिवान समूहले किशोरी शिक्षाको वकालत गरेको भन्दै मलालालाई गोली हानेका थिए। उपचारका लागि बेलायत गएकी मलाला उतैको स्कुलमा पढ्न थालेकी हुन्।
उनी अहिले बेलायतको बर्मिंघममा रहेको ऐजवेस्टन हाइ स्कुलमा पढिरहेकी छन्। बालिका शिक्षाको बारेमा मलालाले गरेको कामको सम्मान गर्दै सन् २०१४ मा उनलाई नोवल पुरस्कार प्रदान गरिएको थियो। साभार अन्लाईन।।।

No comments:
Post a Comment