Saturday, 22 August 2015

ओली, सिटौला र सीपीलाई अभिनन्दन, ओलीले भने–‘संविधान अब कसैले रोक्न सक्दैन

                                         

काठमाडौं, भदौ ५ । तेह्रथुम सरोकार समाज नेपालले एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री कृष्ण सिटौला र माले महासचिव सीपी मैनालीलाई अभिनन्दन गरेको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तेह्रथुम जिल्लामा जन्मेर नेपाली राजनीतिको उच्च ओहोदामा पुगेको भन्दै नेतात्रय ओली, सिटौला र मैनालीलाई अभिनन्दन गरेका हुन् ।

अभिनन्दनपछि एमाले अध्यक्ष केपी ओलीले संविधानको विधेयक तयार भइसकेकाले अब संविधान आउनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

संविधानसभाको मस्यौदा समितिका सभापतिसमेत रहेका कांग्रेस महामन्त्री कृष्ण सिटौलाले अझै पनि जनताले दिएका सुझावहरुलाई संविधानमा समेट्न सक्ने सम्भावना रहेको बताए ।

यस्तै, नेकपा मालेका महासचिव सीपी मैनालीले जनआकांक्षाअनुरुपको संविधान जारी हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले तेह्रथुम जिल्लाबाट नेताहरु प्रमुख दलको उच्च ओहोदामा पुगेर पनि विकास निर्माणमा भूमिका निर्वाह गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । इमेज खबरमा छापिएको छ। 

No comments:

Post a Comment