राजदूत बस्नेत भन्छन् - मलेसिया त्यति सुरक्षित छैन्
स्रोत-समाज सेतोपाटी>>> मलेसियाका लागि नेपाली राजदूत निरन्जन मान सिंह बस्नेतले मलेसिया नेपाली कामदारका लागि सुरक्षित स्थान नभएको बताएका छन् । नेपाली दूतावासमा आज पत्रकारहरुसँगको छलफलमा उनले मलेसिया नेपाली कामदारका लागि सुरक्षित नभएको बताएका हुन् । उनले मलेसिया आउँदा विचार गरेर मात्र आउन नेपाली कामदारलाई सुझाव दिएका छन् ।
दूतावासका अनुसार अहिले ९ लाख नेपाली कामदार मलेसियामा छन् । गत जनवरीदेखि अहिलेसम्म मलेसियामा ३०८ जना नेपाली कामदारको मृत्यु भएको छ । जसमध्ये एक जनाको मात्रै शव नेपाल पठाउन बाँकी छ ।
पिनाङमा पानीमा डुबेर मृत्यु भएका सुकुले तामाङको भने कानुनी प्रक्रियाका कारण शव नेपाल पठाउन नसकिएको उनले बताए । त्यस्तै २ सय २२ जना जेलमा रहेका छन् भने स्वदेश फिर्तीका लागि ४५० जना क्याम्पमा छन् । त्यसमध्ये १०० जनालाई अर्को हप्ता नेपाल पठाउने तयारी भइरहेको बस्नेतल बताए ।
पिनाङमा पानीमा डुबेर मृत्यु भएका सुकुले तामाङको भने कानुनी प्रक्रियाका कारण शव नेपाल पठाउन नसकिएको उनले बताए । त्यस्तै २ सय २२ जना जेलमा रहेका छन् भने स्वदेश फिर्तीका लागि ४५० जना क्याम्पमा छन् । त्यसमध्ये १०० जनालाई अर्को हप्ता नेपाल पठाउने तयारी भइरहेको बस्नेतल बताए ।
प्रहरी पक्राउ गरेपछि कम्तीमा पनि ३ महिना जेल बस्नुपर्ने र बाँकी प्रक्रिया थाल्नु पर्ने बस्नेतले सुनाए । जेल र क्याम्पमा रहेका नेपालीको अवस्था विकराल रहेका उनले सुनाए । ७० देखि ८० प्रतिशत कामदार राती सुतेकै स्थानमा मृत अवस्थामा भेटिएको उनले बताए ।
हृदयघात, सवारी दुर्घटना सम्बन्धी ज्ञान नभएर कतिपय नेपालीले अकालमै ज्यान गुमाउनु परेको उनले सुनाए । नेपालीमा माथि भौतिक रुपमा आक्रमण हुने, चोरी, लुटपाट लगायतका घटनापनि मलेसियामा हुने गरेको छ । मलेसिया नेपाली कामदारको लागि सुरक्षित नभएको १५ वर्षदेखि मलेसियामा बस्दै आएका हरि प्रसाद दुलालले सेतोपाटीसँग गुनासो गरे ।
'केही नेपाली कामदारका तर्फबाट पनि कमजोरी भएका छन्' उनले भने 'इन्डोनेसियन युवतीसँग घरजमै गरेर बस्ने नेपाली युवा पनि धेरै छन् ।' लामो समय मलेसियामा बसेका राजु शर्माले पनि मलेसियामा सुरक्षित नभएको भन्दै चिन्ता प्रकट गरे ।
नेपाली कामदार झापाका विश्वेश्वर प्रसाद गणेशले पनि आफूहरु चोरी र लुटपाट हुने डरले डराई डराइ काम गर्न जानुपरेको सुनाए । मोरङ उर्लावारीका रामप्रसाद सिवाकोटीले पनि नेपाली कामदारलाई सुरक्षा नभएको बताए ।

No comments:
Post a Comment