Sunday, 30 August 2015

टीकापुरमा प्रहरी हत्या वर्षामान र जनार्दनको योजनामा - See more>>>

काठमाडौँ : एमालेका सचिव योगेश भट्टराईले कैलालीको टीकापुरमा ८ प्रहरी र एक नाबालकको हत्या योजना एमाओवादीका दुर्इजना नेताले बनाएको आरोप लगाएका छन् ।

एमाले केन्द्रीय प्रचार विभागद्वारा आइतबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको छलफलमा भट्टरार्इले एमाओवादी नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटनाको योजना बनाइएको आरोप लगाएका हुन् ।

'यसले एमाओवादीलाई अनिश्चिततातर्फ र मुलुकलाई अराजकतामा धकेल्ने छ', भट्टरार्इले भने ।

सचिव भट्टराईले एमालेको भदौ ९ गतेको स्थायी कमिटीको बैठकले अब प्रदेशका सङ्ख्या बढाउन नहुनेमा जोड दिएको बताउँदै यसबीचमा उठेका असन्तुष्टिका सवाललाई सम्बोधन गर्न प्रस्तावित प्रदेशका जिल्लालाई यताउता गर्न सकिने बताए ।

उनले आवश्यक पर्दा मुस्लिम, थारु, मधेसी वा जनजातिका संवैधानिक आयोग बनाउने विषयमा एमाले सकारात्मक भएको जानकारी दिए।

'संविधान निर्माण गरेर मुलुकलाई छिटो निकास दिनुपर्छ भन्ने सवालमा पार्टी इतिहासमै पहिलोपटक बढी एकीकृत भएको छ', उनले भने।

सचिव भट्टराईले अमेरिकी र पश्चिमा शक्तिले नेपालमा टेकेर भारत र चीनलाई हेर्ने काम गरिरहेकाले संविधान निर्माणमा उनीहरुको पनि चासो रहेको बताउँदै छिन्न भिन्न राष्ट्र मण्डल होइन, एकीकृत नेपाल बनाउने संविधान आवश्यक रहेकोमा जोड दिए । रासस - See more at: http://www.annapurnapost.com/News.aspx/story/18279#sthash.o510Y5ad.TOyPYZyR.dpuf

No comments:

Post a Comment