स्रोत- दैनिक नेपाल >>>काठमाडौँ, ९ भदौ । पूर्वसभासद् एवं नेकपा एमालेकी नेतृ शान्ता चौधरीले कैलालीको टिकापुर घटनामा सम्पूर्ण थारु समुदायहरुलाई मुछिएकोमा आपत्ति जनाएकी छिन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै चौधरीले कैलालीको टिकापुर घटना थारु समुदायका केही अबोध युवाहरुलाई अघि सारेर घटाइएको बताइएकी छिन् । उनले कैलाली घटनाको छानबिन गर्न समेत माग गरेकी छिन् ।
‘थारु समुदायलाई दमन गर्न, बदनाम गराउन, देश जलाउन सुनियोजित रुपमा भयो, थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिंसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सम्भ मानिसले गर्न सक्दैन ।,’ उनले भनेकी छिन्, ‘यो अपराध हो, यो सबैको छानबिन होस् ।’


No comments:
Post a Comment