Thursday, 27 August 2015

अमरेशकुमार सिहंलाई स्पष्टिकरणका लागि २४ घण्टे अल्टिमेटम See more>>>

स्रोत-एभरेष्ट दैनिक>>> काठमाडौं, भदौ १०। नेपाली कांग्रेसले सभासद अमरेशकुमार सिंहलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र लेखेको छ। कांग्रेसको अनुशासन समितिले कैलालीलगायतका जिल्लामा सामाजिक सद्भाव भड्काउने खालका अभिव्यक्ति दिएको विषयमा स्पष्टिकरण माग गरेको हो । सभासद सिंहमाथि पार्टीभित्र कारबाहीको दबाब बढे्दै गएको छ ।
सिंहलाई बुधबार बिहानदेखि नै पार्टी केन्द्रीय कार्यालयका कर्मचारी स्पष्टीकरणको पत्र थमाउन खटिए पनि उनलाई नभेटेपछि बिहीबार बुझाउने भएका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाले सिंहलाई कारबाही प्रक्रिया अघि बढाउन अनुशासन समितिलाई निर्देशन दिएका थिए ।
सभासद सिंहले कैलालीमा स्थानीय थारु समुदायलाई घरेलु हतियारसहित प्रदर्शनमा उत्रिन उक्साएको भन्दै गृहमन्त्री वामदेव गौतमले समेत अडियो संवाद संसदमा बुझाएका थिए । यसैगरी अमरेशले भारतमा गएर समेत नेपालमा अशान्ति फैलाउन सल्लाह गरेको सूचना सुरक्षा निकायका उच्च अधिकारीहरुलाई प्राप्त भएको समाचार प्रकाशित भएको थियो । सभासद अमरेश सिहंले भने आफूलाई कारवाही गर्ने हिम्मत भए गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिँदै आएका छन् ।

No comments:

Post a Comment