काठमाडौँ: उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेबारेमा नेपालका लागि भारतीय राजदूत रणजीत रायलाई ध्यानाकर्षण गराएका छन् ।
आज गृहमन्त्रालयमा पुगेका राजदूत रायलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने बताएका थिए । गृहका अधिकारीहरुसहित भएको भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । स्रोत अन्नपुर्ण

No comments:
Post a Comment