Tuesday, 25 August 2015

३ सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप

रौतहट, भदौ ९ । रौतहटमा मंगलबार स्थानीय राजकिशोर ठाकुरको प्रहरीको गोली लागि उपचारका क्रममा मृत्यु भएपछि त्यआसपासको क्षेत्रका आन्दोलनकारी थप आक्रामक देखिएका छन् ।
गौरस्थित कविर चोकमा प्रहरी र प्रदर्शनकारी बीच फेरि झडप भएको छ। अन्दाजी तीन सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको मन्त्रालयले जनाएको छ।
यसैबीच आन्दोलनकारीले रौतहटको मठिया प्रहरी चौकीमा आगजनी गरेका छन्।
जसको प्रभाव आज पनी पर्ने देखिएको छ । उता बाँकेको कोहलपुरमा अन्दाजी ७ सयको संख्यामा निस्किएका आन्दोलनकारीको जुलुसले हातमा रड भाला र लाठी लिई प्रदर्शन गरीरहेको गृहमन्त्रालयले जनाएको छ ।
शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय निकायले उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। उता महोत्तरीको जनताको तटबन्ध कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेको गृहमन्त्रालयले जनाएको छ। by tajakhabar

No comments:

Post a Comment