Thursday, 10 September 2015

केपी शर्मा ओलीलाई गच्छदारको सुझाव- ‘प्रधानमन्त्री बन्ने भए हाम्रो माग पूरा गर’

विर्तामोड, २४ भदौ । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आदिवासी, जनजाति, मधेसी, थारुको माग सम्बोधन गरेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् ।
झापा, मोरङ, सुनसरीलाई पहाडमा मिसाइएकोमा विरोध जनाउँदै आएका गच्छदारले झापाको विर्तामोडमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै ओलीका लागि प्रधानमन्त्रीको कुर्सी सुरक्षित भएको बताए । उनले प्रधानमन्त्री बन्ने भए आफूहरुले उठाएको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
तीनतिर फर्किएका प्रमख दललाई एकैतिर फर्काएर सहमतिको बाटो तय गर्न आफूले गरेको भूमिकालाई प्रमुख दलले बिर्सिएकोमा दुःख व्यक्त गरेका छन् । उनले मधेसमा चर्किरहेको आन्दोलनलाई साम्य बनाउन माग सम्बोधन गर्नुपर्नै बताए । गच्छदारले तीन दलले बहुमतको आधारमा संविधान जारी गरे मुलुक गृहयुद्धमा प्रवेश गर्ने बताएका छन् । आजको दैनिक नेपालमा छापिएको छ। 

No comments:

Post a Comment