Monday, 7 September 2015

‘हिन्दु राज्य’ को पक्षमा प्रचण्ड र बाबुरामले नै सहमती गर्नु अकल्पनीय (हेर्नुस् संशोधित बुँदा)


स्रोत-एभरेष्ट दैनिक>>>काठमाडौं, संविधानको परिमार्जित विधेयकमा नेपाल धर्म निरपेक्ष राज्य हुनेछ भनिएपनि तीन दलको संशोधन प्रस्तावमा उल्लेख भएको बुँदाले हिन्दु धर्मलाई नै संरक्षण गरेको र नेपाललाई धार्मिक स्वतन्त्रता
भएको मुलुक नभएर बरू सिधा हिन्दू राष्ट्र बनाउने आरोप एमाओवादी सभासदहरुले लगाएका छन् ।
aahuti_everestएमाओवादीका सभासद् तथा दलित आन्दोलनका अगुवा आहुतीले संशोधित प्रावधानले अन्ततः विभेदकारी हिन्दू धर्मलाई नै रक्षा गर्ने बताए । “धर्म निरपेक्षताको मूल मर्ममाथि संशोधनको वाक्यांशले प्रहार गरेको” उनको आरोप छ । हजारौंको बलिदानबाट प्राप्त धर्मनिरपेक्षता आज नेपालमा सबैभन्दा बढी खतरामा छ भनेको कुरा संशोधनले पुष्टि गरेको कुरा उनले बताए । एमाओवादीकै शीर्ष नेतृत्वले धर्म निरपेक्षताको मूल मर्मलाई आघात हुने गरी सहमति गर्नु अकल्पनीय रहेको आहुतीले बताएका छन् । उनी भन्छन्– “वर्षमान पुन र गोपाल किरातीले यो विषयलाई गंभीरतापूर्वक लिएका थिए , त्यो हटाउने प्रस्ताव आए संविधानसभाबाट परास्त गर्न सकिने उनीहरू दुवैले मलाई बताएका थिए। तर माओवादी नेताहरू प्रचण्ड र बाबुरामसमेतको  सहमतीमा यस्तो संशोधन दर्ता होला भन्ने कसैले कल्पना पनि गरेको थिएन होला जुन भयो।”
आहुती अगाडि लेख्छन– वर्षमान, शक्ति बस्नेत, गोपाल किरातीलेहरूले के भन्छन् मलाई थाहा छैन तर म धर्मनिरपेक्षताका पछ्यधरहरूसँग माफी माग्न चाहन्छु किनकि म रहेको पार्टी पनि यो हास्यास्पद परिभाषामा सहमत भयो।

No comments:

Post a Comment