Tuesday, 15 September 2015

डीआइडीको अन्तिम दसमा हाम्रो नेपलियुवा नुवाकोटे ठिटो निर्मल तामांग।।।

काठमाडौं- भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स सिजन ५  मा नेपाल,नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ टप टेनमा पर्न सफल भएका छन्।

पूर्व भारतीय सेनाका अवकास प्राप्त शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैसाखदेखि डीआईडी प्रतियोगितामा सषर्घ गरिरहेका छन्। बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौ बजे प्रशारण हुँदै आएको छ।

निर्मल आफ्नो मात्र नभई नेपालकै छोरा भएको भन्दै भोट गरेर उनलाई विजेता बनाउन उनका बुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन्।

यसअघि पनि नेपालीमूलका तेरिया मगर यस्तै ठूलो रियालिटी शो विजेता बनेकी थिइन् । त्यसैले सम्पूर्ण मित्रहरुले हाम्रो नेपालको इज्जत बचाउनकै लागि यो लिंक मा क्लिक गरि सबैले भोट प्रदान गरौ  http://www.zeetv.com/…/dance-in…/contestants/  र हाम्रो नेपलियुवा नुवाकोटे ठिटो निर्मल तामाङ्गलाई भरि मतले बिजयी बनाऔं। 

No comments:

Post a Comment