Wednesday, 16 September 2015

अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी आमाको निधन Read more>>>

प्रोडक्सन कन्ट्रोलर नारायणध्वज पन्तको पनि निधन
स्रोत-सेतोपाटी>>> भाद्र ३१,एक वर्ष अघि दिवगंत भएका अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी आमा जगतकुमारी श्रेष्ठको निधन भएको छ । बुधबार दिउँसो एक्कासी पेट दुख्ने र सास फेर्न अप्ठ्यारो भएपछि चावहिलस्थित ओम अस्पतालको आइसियुमा भर्ना गरिएकी ८८ वर्षिय श्रेष्ठको बुधबार राती निधन भएको हो ।
श्रीकृष्णसहित ६ छोरा र एक छोरीकी माता श्रेष्ठलाई खासै ठूलो रोग नभएको उनका ज्वाईं तथा ‘कोहिनुर’ फिल्मका निर्माता चन्द्र श्रेष्ठले सेतोपाटीलाई बताए । उनका अनुसार विभिन्न अस्पतालमा पुर्‍याउँदा पनि यही रोग भनेर किटान भएको थिएन तर, उच्च रक्तचाप, मधुमेह, मुटु, फोक्सोमा लगायतमा समस्या भने उनले झेलिरहेकी थिइन्। पुत्रशोकका कारण पनि थलिएकी श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
त्यस्तै सवारी दुर्घटनामा परि दुई महिनादेखि भेन्टीलेटरमा रहँदै आएका नेपाली फिल्मका पुराना प्रोडक्सन कन्ट्रोलर नारायणध्वज पन्तको बिहिबार निधन भएको छ । महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन उनको भएको थियो ।  नारायणध्वज नेपाली चलचित्रमा विगत ४५ बर्षदेखि सक्रिय थिए । उनले एनएफडीसीमा महाप्रवन्धकको भएर पनि काम गरेका थिए।

No comments:

Post a Comment