स्रोत-दैनिक नेपाल>>>जनकपुर, ७ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई मधेस छिर्न नदिने घोषणा गरेको छ ।
शुक्रबार धनुषाको जनकपुर जान लागेका बाबुरामलाई रोक्नकै लागि मधेसी मोर्चाको बैठक विहीबार जनकपुरमा बसेको थियो । बैठकले बाबुरामलाई कुनै हालतमा मधेस प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
मोर्चाले भट्टराईको कार्यक्रम बहिस्कार गर्नुका साथै अवरोध गर्ने निर्णय गरेको प्रवक्ता संजय सिंहले बताए । मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने बाबुराम अहिलेको अवस्थामा मधेसमा आउनुमा एमाओवादी पनि जिम्मेवार छ,’ उनले भने ।
नयाँ संविधानमा थारु, मधेसी र जनजातिलाई सम्बोधन नगरिएको भन्दै असन्तुष्ट भट्टराई शुक्रबार जनकपुर जाने कार्यक्रम छ ।

No comments:
Post a Comment