स्रोत-एभरेष्ट दैनिक>>>गोरखा, असौज १० । नेपाली राजनीतिमा भारतीय हस्तक्षेप निकै चरम भएको बेला सबै क्षेत्रबाट त्यसविरुद्ध प्रतिरोध गर्न आवाज उठिरहेको छ । प्रधानमन्त्री सुशिल कोइरालाले शनिवार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई बोलाएर यसबारेमा छलफल गरे । उता एमाओवादीले आज आइतबारबाट विशेष परिस्थितिमा पार्टीको भूमिका खोज्न विस्तारित केन्द्रीय समितिको बैठक बोलाएको छ । देशका बिभिन्न क्षेत्रमा मधेस र थारुका जायज माग सम्बोधन गर्नुपर्न तर भारतीय हस्तक्षेप भने स्वीकार्य नहुने भन्दै प्रदर्शन भइरहेको छ । यस्तो बेला नेकपा एमाओवादीका पूर्व वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा शनिवार पत्रकार सम्मेलनमार्फत गरे ।
तर नागरिक दैनिकमा प्रकाशित एउटा समाचारमा भनिएको छ– बाबुरामको यो निर्णयबाट उनकै जिल्लावासी भने खुशी छैनन् । गोरखावासीले यसलाई गम्भीर त्रुटी बताएका छन् । पढ्नुस् उक्त दैनिकमा प्रकाशति यो समाचार आलेख
बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी परित्याग गरेको गोर्खा, बोर्लाङका नारायण श्रेष्ठलाई मन परेको छैन। संविधानसभाको दोस्रो निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट भट्टराईलाई जिताउन बुथ क्याप्चरु गरेको आरोपमा मुद्दासमेत खेपेका श्रेष्ठ भन्छ, “बाबुरामले निर्वाचन क्षेत्र, गोरखा जिल्लाका लागि मात्रै नभएर देशकै लागि ठूलो धोका दिनुभयो।”
संविधान बनेपछि जनताले खुसियाली मनाइरहेका बेला पार्टी फुटाएर भट्टराईले आन्दोलनकारीलाई फाइदा पुग्ने काम गरेको उनले आरोप लगाए। “भारतले नाकाबन्दी गरेको बेला जनताको पक्षमा लड्नुको साटो भारतलाई सघाउन पार्टी छाडेको जस्तो देखियो,” उनले भने, “जनताका लागि यो अहिलेसम्मकै ठूलो धोका हो। भुलेर पनि गर्न नहुने काम भो।”
गोरखा नगरपालिका–२ का रामबाबु श्रेष्ठले भट्टराईले पार्टी छाडेको सुनेर छक्क परेको बताए। “उहाँ (भट्टराई) ले पार्टी छाडेको खबर फेसबुकबाट थाहा पाएँ। फुटेर सफल भएको उदाहारण छैन। यो गल्ती भो।” श्रेष्ठ भट्टराईका समर्थक हुन्।
माओवादी नेता भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै पार्टी परित्यागको घोषणा गरेपछि उनका जिल्लाबासी समर्थक असन्तुष्ट बनेका छन्। केही त आक्रोशित नै भएका छन्। उनलाई व्यक्तिगत रूपमा राम्रो ठान्ने सर्वसाधारण, समर्थकले भट्टराईले गम्भीर गल्ती गरेर जनतालाई धोका दिएको प्रतिक्रिया दिएका छन्।
ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ आन्दोलन चर्किरहेका बेला पार्टी फुट्नु राम्रो नभएको बताए। उनी भट्टराईलाई कुशल राजनितिज्ञ मान्थे। “समस्या आन्तरिक रूपमा समाधान गरेको भए राम्रो हुन्थ्यो, संविधान जारी भएर आन्दोलन चर्किरहेका बेला त्यती उचित भएन, यो जनताको पक्षमा देखिएन,” उनले भने।
भट्टराई पहिलो निर्वाचनमा भने गोरखा–२ बाट विजयी भएका थिए।
भट्टराईले पार्टी परित्यागको घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा पनि जिल्लाबासीले गल्ती भएको भन्दै प्रतिक्रिया दिएका छन्। माओवादीका जिल्ला नेताहरू समेत उनले गम्भीर गल्ती गरेको बताउँछन्।
एमाओवादी जिल्ला सदस्य अकुर तिमल्सिनाले भट्टराईले कसैको उक्साहटमा पार्टी फुटाएको तर्क गरे। “हामीलाई आश्चर्य लागेन, पार्टी फुट्छ भन्ने संकेत गरिरहनुहुन्थ्यो तर अहिले आन्दोलन चर्किरहेका बेला समस्या समाधान गर्नुको साटो परित्याग गर्नु गम्भीर त्रुटि भो।”
भट्टराईनिकट जिल्ला नेता एवं पूर्व सभासद ज्ञानेन्द्र कुमाल पार्टी फुट्ने कुरा पहिल्यै निश्चित भएको बताउँछन्। “भट्टराईले पहिलेदेखि नै नयाँ शक्तिको कुरा गर्नुहुन्थ्यो, यो अचानक भएको होइन” उनले भने,” एमाओवादीलाई सच्याउन खोज्दा नभएपछि नयाँ शक्तिको उदय भएको प्रतिक्रिया दिए।
गोरखामा पछिल्लोपटक एमाओवादीको जिल्ला समितिमा पनि भट्टराईनिकटका ४ जना मात्रै विजयी भएका थिए। त्यसपछि भट्टराईनिकटले समानान्तर जिल्ला समिति बनाएर छुट्टै कार्यालय राखेका थिए। अहिले उनीनिकटस्थको चहलपहल शून्यजस्तै छ।

No comments:
Post a Comment