Monday, 21 September 2015

मैले बुझेको संविधान !!

असोज ३ मा लगभग सबै ठाउ मा नया संबिधान आएको मा  दिपावलि मनाइयो।
मैले पनि झिनो समर्थन २०/८० को खुशियालि जताए।
तर यो संबिधान को लागि खुशियालि दिवालि मनाउनु को कुनै तुक छैन।
जे भए पनि यत्रो वर्ष बिना संविधान कानुन देश अस्थिरता मा रहदै आएको थियो ।त्यसले पुर्णता पाएको छ।र साथमा दुखि पनि छु,
एक युग मा बन्ने संविधान परिवर्तन नभइ
ज्यू को त्यू अघि सारिएको छ।
केही बुदा थपिए ,केही बुदा बिलाए।
समग्रमा नया संविधान मा शैलि शब्द नया छन तर शब्दार्थ उहीँ पुरानो रह्यो।
देश लाई आमुल परिवर्तन को खाचो थियो।तर यो संबिधानले बुदा र शब्द मा मात्र परिवर्तन गर्यो। मुख्य कुरा आधार हरु मा एक इञ्च पनि भित्र जाने आट गरेन ।
यो संबिधानको मुख्य उपलब्धि भनेको संघियता र धर्म निरपेक्षता।
यी दुबै बुँदा मा पनि उहीँ पुरानै प्रकृति भरिएको छ।
धर्म निरपेक्षता भनेको सनातन धर्मको रक्षा भनेर अर्थाइएको छ जुन विश्व राष्ट्र हरु सामु हास्यास्पद शब्द बाहेक केही हुदैन।
राष्ट्र लाई संघिय इकाइ मा बाडिएको छ तर सम्पुर्ण शक्ति श्रोत केन्द्रीकृत नै बनाइको छ।
यसले गर्दा न त सहि तरिका ले देश धर्म निरपेक्ष भयो न त सहि तरिकाले संघियता अपनाइयो।
संघियता हुदा देस सबल र संमृदी तर्फ लम्कन्छ भनेर हैन देश बिखण्डन हुन्छ भनेर हाम्रो नेता हरुले भ्रम छर्न झनै सफल भए।अनि सबै धर्म को बराबर समानता को आवाज धर्म निरपेक्ष को कुरा लाई धर्म बिनाकै राष्ट्र भनेर चिनाउन सफल भए।
नेतृत्व हरुमै कुर्सी मोह भए पछि अनि जनता भेडे दिमाग भए पछि जसले जता डोर्यायो त्यतै लाग्ने त स्वतः हो।
विशेष राष्ट्र  भित्र का जनता लाई नचाहि नहुने कुरा स्वतन्त्र उम्मेद्वार र प्रत्यक्ष निर्वाचन हो। यसले गर्दा राष्ट्र को नेतृत्व पार्टिगत नभइ जनता हित मा लाग्न सक्थ्यो। बिडम्बना पुराना नेता हरुले त्यहि किसिम को भोग चलनका निमित्त दलगत संसदगत आधारले मुख्या छान्ने प्रबृति लाई नै लागू गर्यो।
संसदगत मुख्य छान्दा सधै जसो बहुमत को बिजयि हुन्छ।संसद मा जुन सुकै पार्टी को बढि सिट छ उसैले स्वतः जित्ने हो।यसरी जसले जित्छ जसले जिताउछ उसैलाइ बढि फोकस गर्छन नेता हरु र जनता लाई बिर्सन्छन।
जनता सेवा गर्नु को सट्टा पार्टी सेवा मा संलग्न भइ आगामि चुनाव को निमित्त पैसा बटुल्न थाल्छन।
त्यसैले संबिधानम सबै भन्दा बढि निहित स्वतन्त्र उम्मेद्वार र प्रत्यक्ष निर्वाचन प्रणालि हुनु आबस्यक थियो जुन हुन सकेन र आम नेपाली ले खुशियालि मनाउनु तुक रहदैन।
यो संविधान जसो तसो त बन्यो तर यसको भविष्य चिन्ता जनक छ। असन्तुष्ट पक्ष को मुख्य बुँदा हरु यसमा समेटिएको छैन । बरु जनता भित्र अमिलो भ्रम छरेर जनताको जनता नै बिरुद्ध ढाल बनइ उभाइ राखेका छन।
हामी सबैले प्रष्ट संग देख्न बुझ्न सक्छौ कि यो संविधान न्याय पुर्ण बनेको छैन भनेर तर पनि यत्रो वर्ष को संघर्ष लाई खेर न फ्याक्न नै यो संविधान स्वागत गर्नु पर्ने अबस्था हो।
जनताले साचिकै मनन गर्ने हो भने हरेक बुँदामा प्रश्न चिन्ह खडा गर्छन।किनकि हरेक बुँदा मा अस्पष्ट अबधारणा हरुलाइ तोड मडोर गरेर लेखिएको छ।
पहिलाको कुरा लाई यथावत हुने गरि नया शैलि प्रयोग गरिएको छ।एक किसिम ले शव्द ललिपप मात्र हो।नेता हरुलेजनता को मुख मा बुझो खाद्नको लागि एकै चोटि संबिधान मा सबै कुरा अटाउन सकिँदैन भनेर जबाफ दिदैछन।
जुन कुरा संविधान मा लेख्दै नलेखि नहुने बुदा हरु छन त्यसलाइ नै बाइकट गरि अघि बढेको छन। अब त्यो नलेखिएको शव्द लाई कसरी परिमार्जित गर्छन ??
जब कि बुँदा हरुमै समेटिएको छैन भने।अनि कुन आधार ले राष्ट्र संग खोज्ने नलेखिएको शब्द हरु ??
यस्ता बिषय मा गम्भीर चासो सहित मनन गर्ने हो भने यो संविधान पुनः राजतन्त्र को आगमन हो। शाह बंशिय राजा फ्याकेर अरु नश्ल राजा तैयार भए।
त्यसैल मैले देखेको संविधान मा आम नेपाली जनताले खुसि मनाउनु को कुनै तुक रहदैन।
जय नेपाल
जय संघियता।।

बिक्रम लिम्बु , झापा
         हाल मलेशिया

No comments:

Post a Comment