Thursday, 17 September 2015

शीतल निवासमा राष्ट्रपति यादव र भारतीय राजदूतबीच आकस्मिक भेटवार्ता

'मधेसी र जनजातिलाई अहिले नै संविधानमा समेट्न दबाब'

स्रोत-दैनिक नेपाल>>>काठमाडौं, ३१ भदौ । असोज तीन गते संविधान घोषणा हुने मिति तय भएपछि भारतीय राजदूत रञ्जीत रे ले दौडधुप तिव्र पारेका छन् ।
शीर्ष नेताहरुले संविधान रोक्ने भारतको प्रस्ताव नमानेपछि विहीबार यसै विषयमा छलफल गर्न भारतीय राजदूत रे ले राष्ट्रपति डा. रामवरण यादवसँग शीतल निवासमा भेटवार्ता गरेका छन् ।
आज बिहान राष्ट्रपति यादवलाई भेटेर भारतीय राजदूत रे दिल्ली उडेका छन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति यादवले अहिलेको अवस्थामा केही गर्न नसकिने जनाएपछि सोही सन्देश बोकेर राजदूत रे दिल्ली गएका हुन् ।
भेटवार्तामा मधेसी र जनजातिलाई अहिले नै संविधानमा समेट्न राजदूत रे ले राष्ट्रपतिलाई अनुरोध गरेका थिए । राजदूत रे को प्रस्तावमा राष्ट्रपति सकारात्मक देखिएपनि संविधानसभाको बहुमतले संविधान पारित गरिसकेकाले अब आफूले केही गर्न नसक्ने भन्दै उनलाई शीतल निवासबाट विदावारी गरेका थिए ।

No comments:

Post a Comment