Sunday, 13 September 2015

धारा ३ सम्म पारित, संविधान सभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित


संविधानसभाको बैठकले संविधानको परिमार्जित विधेयकका तीनवटा धारा पारित गरेको छ।
आइतबार साँझ बसेको बसेको संविधानसभाको बैठकले संविधानको परिमार्जित विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावमाथिको मतदानबा तीन धारा पारित भएका हुन्।
बैठकमा साना दलका सभासदले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। यसअघि कांग्रेस एमाओवादी तथा केही साना दलका सभासदले भने संशोधन प्रस्ताव फिर्ता लिएका थिए।
संविधानको धारा एक दुई र तीन बहुमतले पारित भएको छ। संविधानको बाँकी धारा, अनुसूचि लगायतको प्रस्तावमा २८ गते ११ बजेदेखि मतदान प्रकिया सुचारू हुने सभामुख सुवास चन्द्र नेम्बाङले जनाएका छन्।

No comments:

Post a Comment