Thursday, 17 September 2015

संविधान अनुमोदन भएकोमा चीन खुशी Read more>>>

 तस्विर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लेइ
स्रोत- NagrikNews>>>भदौ ३१,हङकङ–संविधानसभाले नयाँ संविधान अनुमोदन गरेकोमा खुसी व्यक्त गर्दै चीनले नेपालको स्वतन्त्रताको सम्मान गर्ने बताएको छ। बुधबार संविधानसभाको दुई तिहाई बढी मतद्वारा संविधान अनुमोदन भएकोमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले बिहिबार बेइजिङमा खुसी व्यक्त गरेका हुन्।
‘नजिकको छिमेकी देश नेपालको संविधानसभाबाट नयाँ संविधान अनुमोदन भएको देखेर चीन खुसी छ’, बिहिबार बेइजिङमा आयोजित नियमित प्रेस ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता होङ लेइले भने, ‘सामाजिक प्रणाली तथा विकासको आफ्नै बाटो रोज्ने नेपालको स्वतन्त्राको हामी समर्थन र सम्मान गर्छौँ ।’
आइतबार जारी हुने संविधानबारे प्रारम्भिक प्रतिक्रिया दिँदै चीनले खुसी व्यक्त गरेको विदेश मन्त्रालयको वेभसाइटमा छ । संविधान निर्माणको क्रममा भएको जातीय संघीयताको बहसमा चासो राख्दै आएको चीनले आर्थिक सामथ्र्यको आधारमा प्रदेश छुट्टयाउन अप्रत्यक्ष रुपमा सुझाउँदै आएको थियो । चीनले सहमतीमा संविधान निर्माण गरी आर्थिक सुधार कार्यक्रम लागू गर्न नेपाललाई निरन्तर सुझाव दिँदै आएको छ ।

नेपालको संविधानसभाको अत्याधिक बहुमतबाट नयाँ संविधान अनुमोदन भएको र ३ असोजमा राष्ट्रपतिले जारी गर्ने कार्यक्रम रहेको भन्दै प्रेस ब्रिफिङको शुरुमा यसबारे चीनको प्रतिक्रिया मागिएको थियो । संविधान पारित भए पनि जारी नभएको अवस्थामा छोटो प्रतिक्रिया दिँदै ‘चीनले नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकास चाहेको’ प्रवक्ता होङले बताए ।

बुधबार संविधानसभाले पारित गरेको संविधान हिमाली राज्य नेपालको ‘पहिलो पूर्ण संविधान’ भएको चिनियाँ सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।

No comments:

Post a Comment