स्रोत- YesKathamandu>>>काठमाडौं, २१ भदौ । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले सरकारसँग ११ बुँदे सहमति गरेर १४ दिन लामो अनसन तोडेको भोली पल्टै एमाले नेता राजेन्द्र पाण्डेले सम्झौता कार्यान्वन गर्न नदिने चेतानवी दिएका छन् । डा.केसी विदेशी मेडिकलहरुको प्रभावमा परेर देशभित्रका मेडिकल कलेजहरुलाई ध्वस्त पार्न थालेको उनले आरोप लगाए । ‘डा. केसीका कतिपय अब्यवहारीक माग र गरिएको सम्झौतामा कार्यान्वयन हुँदैन र हुन पनि सक्दैनन्,’ एमाले नेता पाण्डेले भने ‘केसी फेरी अनसन बस्न सुरु गरे हुन्छ ।’
डा.केसी स्वास्थ्य क्षेत्रमा भएको बिकृति अन्त्य गर्न भन्दापनि एमालेका पूर्व अध्यक्ष तथा पहिलो कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नामप्रति पूर्वाग्रही भएको बताए । नेता पाण्डेले भने ‘ जहिले पनि केसी अनसनका उदेश्य दुई वटा हुन्छन् । पहिलो डाक्टर पढ्न चाहने बिद्यार्थीलाई देश बाहिर पठाउनु, दोस्रो मनमोहन नामबाट मेडिकल कलेज खोल्न नदिनु नै हो ।’
बर्षेनी नेपालमा १२ हजारभन्दा बढि बिद्यार्थी मेडिकल पढ्न चाहन्छन् । तर नेपालमा बर्षेनी २५६ बिद्यार्थीले मात्र अध्ययन गर्ने मौका पाएका छन् । बाँकी आधा बिद्यार्थी महँगो रकम तिरेर बिदेशमा अध्ययन गर्न जान बाध्य भएको पाण्डेले बताए । ‘जुम्लामा डाक्टर अभावले नागरिक मर्दैछन् काठमाडौमा केसी डाक्टर उत्पादन गर्नै हुँदैन भनेर ६ पटक अनसन बसीसके’ पाण्डेले भने ‘एउटा केसी भन्दा लाखौ नागरिकको ज्यान मुल्यबान छ ।’
नेपालमा स्वास्थ्यकर्मी उत्पादन गर्न नदिन देशी विदेशी गिरोह सक्रिय भएको दावी गर्दै पाण्डेले डा.केसी त्यसको मोहरा बनेको बताए । ‘उहाँलाई मनमोहनप्रति मात्र डाह छ, अन्य कुरा गिरोहबाट सञ्चालित हुनुहुन्छ’ पाण्डेले भने ‘यो अहिले आरोप होला, भोली छानविन गर्दै जाँदा प्रमाणित हुन्छ ।’

No comments:
Post a Comment