Monday, 7 September 2015

मधेसी नेताले भारत गुहारे...Read more>>>

काठमाडौं, २२ भदौ । भारत सरकारले आधिकारिक रुपमा मधेसको विवाद नेपालको आन्तरिक मामिला भएको अभिव्यक्ति दिएको केही दिनमै वरिष्ठ मधेसी नेताहरुले भारतीय भूमिबाटै आफ्ना मागको पक्षमा समर्थन दिन भारत सरकारलाई गुहारेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सोमबार सीमवर्ती भारतीय सहर रक्सौल पुगेर मधेस आन्दोलन चर्काउन भारतीयसँग गुहार मागेका हुन् । आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पाँचजनाको शोकमा रक्सौलमा सोमबार आयोजित श्रद्धान्जलिसभामा मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारले सेना र प्रहरीको आडमा आन्दोलन दबाउने कर्म गरेको बताउँदै आन्दोलनमा सहयोग गरिदिन भारतीय पक्षसँग आग्रह गरे ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल सरकारले मधेसीलाई अधिकार दिन नचाहेकाले मधेस आन्दोलनमा सहयोग पुर्याउन भारतीयलाई आग्रह गरे ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले केही दिनअघि मधेस विवाद नेपालको आन्तरिक मामिला भएको र यसलाई नेपालीहरुले नै सुल्झाउनुपर्ने बताएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment