स्रोत-दैनिक नेपाल>>> काठमाडौं, २८ भदौ । नयाँ संविधानको विधेयकमाथि संविधानसभामा मतदान सुरु भएको छ ।
विहान ११ बजे बोलाइएको संविधानसभा बैठक १ घण्टापछि १२ बजेबाट सुरु भई नयाँ संविधानका धाराहरुमा मतदान सुरु भएको संविधानसभा सचिवालयले जनाएको छ ।
मतदान प्रक्रियाबाट अहिलेसम्म चार वटा धारा पारित भएका छन् । धारा नम्बर ४,५,६ र ७ गरी चार वटा धारा पारित भइसकेको छन् । अहिले संविधानसभामा मतदान चलिरहेको छ ।
धारा नम्बर ४ मा नेपाल धर्मनिरपेक्ष रहने उल्लेख छ । यसमा राप्रपा नेपालका कमल थापा लगायतले राखेको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ । धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भन्ने कांग्रेस, एमाले र एमाओवादीको संयुक्त संशोधन बहुमतले स्वीकृत भएको छ ।
यससँगै अब नेपाल हिन्दूराष्ट्र नहुने भएको छ ।

No comments:
Post a Comment