Thursday, 10 September 2015

विहारको शरणमा मधेशी नेता, नेपालविरुद्ध कडा कदम चाल्ने नीतिशको आश्वासन (तस्बिरसहित)

स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २५ भदौ । तराई मधेसको आन्दोलनले हिंसात्मक रुप लिइरहेका बेला मधेश केन्द्रित केही राजनीतिक दलका नेता र सभासदहरूले विहारका मुख्यमन्त्री नीतिशकुमारसँग भेटवार्ता गरी आफूहरूको आन्दोलनलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उनीहरूले भारत र विहारको सहयोगका लागि राजनीतिक भेटवार्तामा आएको उल्लेख गरेका छन् ।
मधेशलाई अलग बनाउनुपर्ने भन्दै केही सभासद र मधेश केन्द्रित दलका शीर्ष नेताहरूको अभिव्यक्ति आएको भन्दै संसदमा कुरा उठिरहेका बेला सभासद र नेताहरूले नै विहारका मुख्यमन्त्रीलाई भेट गरेर आन्दोलनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरीको नेतृत्वमा विहार पुगेको मधेस केन्द्रित दलका आधा दर्जन नेताहरूले विहारका मुख्यमन्त्री नीतिशकुमारलाई भेट गरी मधेसको आन्दोलनलाई सहयोग गर्न भनेका हुन् ।
त्यस क्रममा मुख्यमन्त्री नीतिशले आफ्नो सहयोग रहने भन्दै आवश्यक परे कडा कमद उठाउने संकेत दिएको स्रोतको भनाइ छ ।
बिहीबार विहारका मुख्यमन्त्री, मन्त्रीहरू र नेताहरूसँग भेट गरेका मधेश केन्द्रित दलका नेताहरूले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमासमेत जानकारी गराएको अनिलकुमार झा नेतृत्वको नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले बताउनुभएको छ ।
उहाँले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा विहारका मुख्यमन्त्री नीतिशकुमारसँग छलफल भएको बताउनुभएको छ ।
नेताहरूले बिहार सरकारका ग्रामीण कार्य एवं संसदीय कार्य विभाग, मन्त्री, श्रवणकुमारसंग पनि पटनामा भेटवार्ता गरेका छन् । उनीहरुले विहारका नेता रामचन्द्र प्रसाद सिंहसँग पनि भेट गरेका छन् ।
विहारका मन्त्री श्रवणकुमारले नेपालसंग भारत सरकारको सम्बन्ध बेटी रोटी रहेको भन्दै नेपालीहरूको अमन चयनमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
नेपाल सदभावना पार्टीका सदस्य पटेलले हाल नेपालमा बनी रहेको संविधानमा मधेशीहरूले अधिकार पाउने छाटकाट न देखिएकोले मधेशमा आन्दोलन चलिरहेको भन्दै आन्दोलनप्रति भारत सरकार र बिहार सरकार सकारात्मक भई दिन अनुरोध गरेको बताउनुभएको छ । उहाँले नेपाल र भारतबीचको सम्बन्ध कुनै तत्वले बिगार्न नसक्ने उल्लेख गर्नुभएको छ ।
मधेस केन्द्रित दलका नेताहरूको टोलीले बिहार सरकारका भवन निर्माण विभाग, मन्त्री दामोदर रावतसँग पनि भेट गरेका छन् ।
टोलीमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा सभासद रमेशप्रसाद कुर्मी, पूर्ववरिष्ठ प्रहरी उपरीक्षक सदानन्दन प्रसाद कुर्मी, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलको पनि उपस्थिति रहेको थियो ।
12345678910

No comments:

Post a Comment