Tuesday, 29 September 2015

वैद्यलाई चिनियाँ राजदूतले भने- चीन नेपालको सच्चा मित्र हो, चिन्ता नलिनुस्

स्रोत-दैनिक नेपाल>>>काठमाडौँ, १२ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र नेपालका लागि चीनका राजदूत वु छुन्ताइबीच आज भेटवार्ता भएको छ ।
माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको भेटमा समसामयिक राजनीतिक विषयका साथै चीन र नेपालबीचको सम्बन्ध तथा दुई पार्टीबीचको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी माओवादी सचिव देव गुरुङले जानकारी दिनुभयो ।
भेटमा राजदूत छुन्ताइले अहिले नेपालमा देखिएको राजनीतिक असमझदारी समाधान गर्न नेपालका राजनीतिक दल सक्षम रहेको विश्वास आफूहरुले लिएको बताउनुभएको थियो ।
राजदूत छुन्ताइले नेपालमा भारत सरकारले लगाएको अघोषित नाकाबन्दी, एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीचको एकता प्रयासका विषयमा समेत चासो राख्नुभएको थियो ।
भूकम्पका कारण चीनको नेपालसँगको तातोपानी नाका र रसुवागढी नाका बन्द भएको अवस्थामा ती नाकाहरु छिटो खुलाउन चीनको सहयोगका लागि अध्यक्ष वैद्यले राजदूतसँग आग्रह गर्नुभएको थियो ।
भेटमा अध्यक्ष वैद्यले संविधानसभाभित्र र संविधानसभाबाहिर रहेका दललाई समेटेर संविधान जारी गर्न नसक्दा अहिले केही असहज परिस्थिति देखा परेको बताउनुभएको थियो । रासस

No comments:

Post a Comment